Nepal Purbadhar

भोटेकोशी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुलको मर्मतमा तीव्रता दिईने


काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र पारिने भएको छ। बाढीबाट क्षति पुगेका ५३ झोलुङ्गे पुलमध्ये २० ओटाको मर्मत गर्नुपर्ने निष्कर्ष निकालिएको छ।

भदौ १० गते आएको बाढीले मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ ओटा झोलुङ्गे पुलमध्ये ५३ ओटामा क्षति पुर्‍याएको थियो। सरकारी अधिकारीले प्रभावित क्षेत्रमा पुगेर गरेको स्थलगत मूल्याङ्कनका आधारमा २० ओटा पुल मर्मत गर्नुपर्ने र ३३ ओटा पुल पुनःनिर्माण गर्नुपर्ने निष्कर्ष निकालेका हुन्।

मर्मत गर्नुपर्ने पुलका लागि सरकारले भदौ १७ गते कार्यादेश जारी गरिसकेको छ। हाल महेश दोभान-मास्टार, कालिकाथान, मलिङ्गा-मझुवाटार, केउरेनी-गहते र पिमलटार-जागराम खोला झोलुङ्गे पुलको मर्मतमा प्रगति भइरहेको छ।

यी पाँच ओटा झोलुङ्गे पुलको मर्मत एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

त्यसैगरी, पुनःनिर्माण गर्नुपर्ने ३३ ओटा झोलुङ्गे पुलका लागि पनि सरकारले भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको छ।

बाढीका कारण झोलुङ्गे पुलमा क्षति पुगेपछि रसुवाका विभिन्न क्षेत्रमा स्थानीयको आवतजावत प्रभावित भएको छ। पुलको मर्मत तथा पुनःनिर्माणपछि प्रभावित क्षेत्रका नागरिकलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।


Read Previous

बाढीले पुल बगाएपछि तुइनबाट त्रिशूली वारपार गर्दै स्थानीय (तस्बिरहरू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar