Nepal Purbadhar

उद्धार कोषमा ६ अर्ब ५५ करोड, विपद्पछि नेपालीले जम्मा गरे ४ अर्ब ३८ करोड ८ लाख बढी


काठमाडौं। रसुवा, नुवाकोट, धादिङलगायत बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय दाता, संयुक्त राष्ट्रसंघीय निकाय तथा गैरसरकारी संस्थाबाट ठूलो मात्रामा सहयोग परिचालन भइरहेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ अर्ब ५५ करोड ३३ लाख ६२ हजार ११ रुपैयाँ जम्मा भएको विवरण अर्थमन्त्रीको सचिवालयले देखाएको छ। विपद्पछि मात्रै नेपाली संघसंस्था तथा व्याक्तिगत रूपमा समेत गरि कोषमा ४ अर्ब ३८ करोड ८ लाख ५२ हजार २५२ रुपैयाँ संकलन भएको छ।

बैंकगत विवरण यस्तो छ :

बैंक२०८३ जेठ १२ गतेसम्म रकम
राष्ट्रिय वाणिज्य बैंक३ अर्ब २७ करोड ९९ लाख २ हजार ३३५
एभरेस्ट बैंक१ अर्ब ९५ करोड २७ लाख १८ हजार १५५
स्ट्यान्डर्ड चार्टर्ड बैंक३० करोड ६२ लाख ८८ हजार ७५०
हिमालयन बैंक२३ करोड १७ लाख १४ हजार ९५३
नबिल बैंक१६ करोड ४ लाख ७७ हजार ८
ग्लोबल आइएमई बैंक१३ करोड १ लाख ८० हजार
कृषि विकास बैंक९ करोड ५२ लाख ६२ हजार ७१५
नेपाल बैंक९ करोड २३ लाख ८८ हजार ६१४
लक्ष्मी सनराइज बैंक३ करोड ८ लाख ५८ हजार ७५१
कुल६ अर्ब ५५ करोड ३३ लाख ६२ हजार ११

यस्तै, कोषमा ६ लाख ८० हजार ६१८ अमेरिकी डलर समेत जम्मा भएको विवरणमा उल्लेख छ।

सहायता कति पुग्यो ?

उपलब्ध विवरणलाई हेर्दा बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष राहत सामग्रीका रूपमा कम्तीमा १,७५० ओटा/सेट गैरखाद्य सामग्री, ४०० ओटा हाइजिन किट, २ हजार ओटा एक्वा ट्याब्लेट/स्ट्रिप, १४० डिग्निटी किट, २७ टेन्ट, १०० सहायक उपकरण र ७ जेनेरेटरको परिमाण स्पष्ट रूपमा उल्लेख छ। यसबाहेक ३० ओटा बेली ब्रिज, २ हजार शव राख्ने एयरटाइट ब्याग, ५०० परिवारका लागि खाद्यान्न तथा पारिवारिक टेन्ट र अन्य उद्धार सामग्री सहयोगमा छन्।

तर सबै संस्थाले सामग्रीको परिमाण खुलाएका छैनन् र केही सामग्री मौज्दात, तयारी वा बाटोमा रहेको अवस्थामा छन्। त्यसैले माथिको परिमाणलाई सबै अन्तर्राष्ट्रिय सहायता सामग्रीको अन्तिम कुल संख्या मान्न मिल्दैन।


Read Previous

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग बढ्दै, १७ करोड ३६ लाख डलरभन्दा बढी वित्तीय सहायता प्रस्ताव

Read Next

नेपाल टेलिकमको त्रिशूली थ्रीए र तुप्चे बीटीएस पुनः सञ्चालनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar