Nepal Purbadhar

भोटेकोशी बाढी: हालसम्म ५३८ शव फेला, ३३ देशका ५११ विदेशी अझै बेपत्ता


काठमाडौं । भोटेकोशी नदीमा २६ अगस्टमा आएको भीषण बाढीपछि हालसम्म ५३८ जनाको शव फेला परेको सरकारले जनाएको छ।

परराष्ट्र मन्त्रालयले शुक्रबार ३ बजे सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बाढीमा ३३ देशका ६३२ विदेशी नागरिक प्रभावित भएकामा १२१ जना फेला परेका छन् भने ५११ जना अझै बेपत्ता छन्।

फेला परेकामध्ये भारतका ८५, चीनका १६, दक्षिण कोरियाका ९, इटालीका २, अमेरिकाका २, बेल्जियमका १ र स्विट्जरल्यान्डका १ नागरिक छन्।

देशगत विवरणअनुसार भारतका १७८ मध्ये ८५ जना फेला परेका र ९३ जना अझै बेपत्ता छन्। चीनका १०० मध्ये १६ जना फेला पर्दा ८४ जना सम्पर्कविहीन छन्। अमेरिकाका ६८ मध्ये २ जना फेला परेका छन् भने ६६ जना अझै बेपत्ता छन्।

त्यस्तै, अष्ट्रेलियाका ३५, क्यानडाका २५, मलेसियाका ५१, युक्रेनका ५३ र बेलायतका ३३ नागरिक अझै बेपत्ता रहेको विवरणमा उल्लेख छ।

सरकारले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण, स्वास्थ्य उपचार र राहतलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। नदी प्रणाली तथा तल्लो तटीय क्षेत्रमा बाढीको जोखिमसमेत निरन्तर निगरानी भइरहेको छ।

विदेशी नागरिकको खोजी तथा उद्धारका लागि परराष्ट्र मन्त्रालयको आपत्कालीन टोलीसमेत परिचालन गरिएको छ।


Read Previous

बाढीले खोसेको रक्षाबन्धन : शवगृहमा आफन्तको खोजी

Read Next

बाढीले दुई जिल्लाका ११ जलविद्युत् आयोजना प्रभावित, ९३४ जना श्रमिक तथा कर्मचारी सम्पर्कविहीन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar