Nepal Purbadhar

भोलि बिहान ५:०० देखि ७:०० बजेसम्म ललितपुरका अधिकांश क्षेत्रमा दुई घण्टा विद्युत् बन्द हुने


काठमाडौं । पाटन सबस्टेशनको ६६ केभी बसबारको मर्मतसम्भार गर्नुपर्ने भएकाले भोलि भाद्र २९ गते बिहान ललितपुरका अधिकांश क्षेत्रमा करिब दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार मर्मतसम्भारका लागि भोलि बिहान ५:०० बजेदेखि ७:०० बजेसम्म पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति बन्द गरी सटडाउन लिन लागिएको हो।

सटडाउनका कारण पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति भइरहेका ललितपुरका अधिकांश क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ।

मर्मतसम्भार कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति सोहीअनुसार नियमित गरिने प्राधिकरणले जनाएको छ।

विद्युत् आपूर्ति अवरुद्ध हुँदा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।


Read Previous

यातायात सुधार सरकारको प्राथमिकतामा, प्रविधि र सुरक्षामा जोड दिन्छौं : अनुकूल निधि

Read Next

सिंहदरबारभित्रै ढिलासुस्ती : सात वर्षमा पनि बनेन संसद् भवन, सातौँपटक म्याद थपिँदै (तस्बिरहरू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar