Nepal Purbadhar

वीरगन्ज नाकाबाट ७ खर्ब ९४ अर्बको आयात, पेट्रोलियम पदार्थ र फलामजन्य सामग्रीको आयातमा वृद्धि


वीरगन्ज । वीरगन्ज भन्सार कार्यालय हुँदै चालु आर्थिक वर्षको १० महिनामा ७ खर्ब ९४ अर्ब ८७ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएको छ।

कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १ खर्ब २ अर्ब ४४ करोड रुपैयाँ अर्थात् १५ प्रतिशतले वृद्धि भएको हो। गत आवको १० महिनामा वीरगन्ज नाकाबाट ६ खर्ब ९२ अर्ब ४३ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका थिए।

भन्सार कार्यालय ले पेट्रोलियम पदार्थ तथा फलामजन्य सामग्रीको आयात बढेकाले समग्र आयातमा वृद्धि भएको जनाएको छ।

चालु आवको १० महिनामा मात्रै १ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ बराबरका पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात भएका छन्। यस्तै, ६९ अर्ब ४२ करोड रुपैयाँ बराबरका फलाम तथा फलामजन्य सामग्री भित्रिएका छन्।

त्यसैगरी, ५७ अर्ब ६६ करोड रुपैयाँ मूल्यका मेसिनरी तथा पार्टपुर्जा तथा ५५ अर्ब ७ करोड रुपैयाँ बराबरको भटमासको कच्चातेल आयात भएको कार्यालयले जनाएको छ।


Read Previous

तोलामा २ हजार ८ सयले घट्यो सुनको मूल्य, डलर सहित विदेशी मुद्राको भाउ कति?

Read Next

२३ करोड ७७ लाख रुपैयाँ खानी ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar