Nepal Purbadhar

प्रधानमन्त्री शाह र मुख्यमन्त्रीबीच पहिलो समन्वय बैठक आज



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै हुनुहुन्छ।
दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित छलफल हुने जनाइएको छ।
बैठकमा राष्ट्रिय प्राथमिकताका योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि केन्द्र र प्रदेशबीच सहकार्य कसरी अझ सुदृढ बनाउने भन्ने विषय पनि एजेन्डामा रहनेछ।
त्यस्तै, देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने प्रयाससमेत हुने अपेक्षा गरिएको छ।
यस बैठकलाई संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउने र जनतामा प्रत्यक्ष लाभ पुर्‍याउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।


Read Previous

मन्त्रिपरिषद बैठकको निर्णयः सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न तीन सदस्यीय समिति गठन

Read Next

पूर्वाधार विकास समितिको सभापतिमा आशिष गजुरेलको उम्मेदवारी दर्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar