Nepal Purbadhar

बजारमा खाना पकाउने ग्यासको अभाव छैन : मन्त्री यादव


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्यासको अभाव नरहेको स्पष्ट पारेकी छन्।

केही दिनदेखि बजारमा ग्यासको अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेपछि मन्त्री यादवले आपूर्ति अवस्थाबारे चासो व्यक्त गरेकी हुन्। बजारमा ग्यासको मौज्दात र आपूर्ति अवस्थाबारे मन्त्रालयले निरन्तर निगरानी गरिरहेको भन्दै उनले उपभोक्तालाई त्रसित नहुन आग्रह गरेकी छन्।

मन्त्रालयले ग्यास वितरणका क्रममा देखिएको अवस्थालाई ध्यानमा राख्दै सर्वसाधारणलाई तत्कालका लागि आवश्यक मात्रामा मात्र ग्यास खरिद गर्न आग्रह गरेको छ। अनावश्यक रूपमा ग्यास सञ्चय नगर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ।

मन्त्री यादवले बजारमा देखिएको समस्या तत्काल समाधान गरी आपूर्ति व्यवस्था सहज बनाउन नेपाल आयल निगमलाई आवश्यक निर्देशन दिएकी छन्। निगमले बजारको अनुगमन तथा वितरण प्रणालीलाई थप व्यवस्थित गर्ने जनाएको छ।


Read Previous

खानी विधेयकले पायो गति, मन्त्रिपरिषद् कार्यालयमा पेश गर्ने तयारी

Read Next

असान्त सुनसरी, सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar