Nepal Purbadhar

पिस इनर्जीले आइपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल


काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा पिस इनर्जी कम्पनी लिमिटेड बिच पिस इनर्जी कम्पनी लिमिटेडको प्राथमिक सेयर निष्काशनका लागि संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्न सहमति भएको छ ।

एक कार्यक्रमबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरीएको हो ।

पिस इनर्जी कम्पनी लिमिटेडले जारी पुँजीको २० प्रतिशत अर्थात ३२ ल लाख कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गर्नका लागि माछापुच्छ्रे

क्यापिटल लिमिटेडलाई संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।

सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी पिस इनर्जी कम्पनी लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष डा. मदन कुमार उप्रेतीद्वारा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

पिस इनर्जी कम्पनी लिमिटेडले ताप्लेजुङ जिल्लाको सिरिजङ्घा गाउँपालिका भएर बग्ने कावेली खोलाको पानीको बहाव सदुपयोग गरी २८.१ मेगावाट क्षमताको माथिल्लो कावेली जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस जलविद्युत आयोजनाको भौतिक कार्य प्रगति हालसम्म ६१ प्रतिशत भन्दा माथि भैसकेको छ र मिति २०८३ कार्तिक १४ सम्म निमार्ण सम्पन्न गरि राष्ट्रिय प्रसारण लाइनमा जोडिने लक्ष्य राखेको छ ।


Read Previous

सडक विभागमा परिणाम देखिने नेतृत्व: डा. विजय जैसी आएपछि के के भए काम ?

Read Next

जनवरी १३ मा सार्वजनिक हुदै टाटा पन्च फेसलिफ्ट, नेपाली बजारमा कहिले आउला?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar