Nepal Purbadhar

धुर्मुस सुन्तली फाउण्डेसनले अलपत्र छोडेको गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुन: सुरु

Drone shot of the Gautam Buddha International Cricket Stadium is a major, Under-construction cricket nenue in Bharatpur, Chitwon. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library


काठमाडौ । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सम्पन्न गर्न नसकेर अलपत्र छोडेको भरतपुरस्थित गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम अहिले सुचारु भएको छ ।

Drone shot of the Gautam Buddha International Cricket Stadium is a major, Under-construction cricket nenue in Bharatpur, Chitwon. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

भरतपुर महानगरपालिकाले स्वामित्व लिएपछि काम पुन सुरु भएको हो।

Drone shot of the Gautam Buddha International Cricket Stadium is a major, Under-construction cricket nenue in Bharatpur, Chitwon. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library


आयोजनाका इन्जिनियर सन्तोष आचार्यका अनुसार अहिले पिलर र प्यारापिटको काम भइरहेको छ । आगामी चैतसम्म स्ट्रक्चर निर्माणको काम सक्ने लक्ष्य रहेको छ । त्यसपछि फिनिसिङ र ग्राउण्डको काम हुनेछ । यसका लागि ६ महिना जति लाग्ने अनुमान छ । तोकिएको समयमै काम सक्ने गरी काम भइरहेको इन्जिनियर आचार्यले बताए ।

Drone shot of the Gautam Buddha International Cricket Stadium is a major, Under-construction cricket nenue in Bharatpur, Chitwon. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

धुर्मस सुन्तली फाउन्डेसनले बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्ण रूपमा काम रोकेको थियो। रंगशालाको काम ३९ प्रतिशत भएपछि बजेट अभावलाई कारण देखाउँदै अलपत्र अवस्थामा नै भरतपुर महानगरलाई हस्तान्तरण गरेको थियो।


Read Previous

भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट चिप्लियो, सबै यात्रु सकुशल

Read Next

रास्वपा बैठक: घण्टी घरमा देखा परे सागर ढकालदेखि सुधन गुरुङसम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar