
Screenshot
झापा । झापाको भद्रपुर विमानस्थलबाट काठमाडौँतर्फ उडान भर्न लागेको बुद्ध एयरको जहाज रनवेबाट चिप्लिएर दुर्घटनामा परेको छ।
दुर्घटनामा जहाजमा सवार सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेका छन्। प्रारम्भिक जानकारीअनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन।
जहाज उडानको तयारीका क्रममा रनवेबाट चिप्लिएको बताइएको छ। घटनापछि विमानस्थलमा केही समय अव्यवस्था सिर्जना भए पनि यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो।
दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ।









