काठमाडौं । जेनजी आन्दोलनको दोश्रो दिन भदौ २४ गते आन्दोलनकारीहरुले सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जलाइदिए पछि प्रयोग गर्न अयोग्य भएको छ ।

शिक्षा मन्त्रालय लैनचौरस्थित केशरमहल देखि अस्थायी रुपमा सेवा प्रवाह भइरहेको छ उक्त भवन मा आज हुने भनिएको नवनियुक्त शिक्षामन्त्रीको पदभार ग्रहण पनि हुने छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रुपमा वैज्ञानिक महाविर पुन सिफारिस भएका छन् ।

तस्बिर/भिडियो : नेपाल फोटो लाइब्रेरी


