Nepal Purbadhar

रियल स्टिलले एक वर्षमा गर्यो १ अर्ब ४० करोड ५० लाखको कारोबार


काठमाडौं । रियल स्टिल प्रालिले २०२५ मा १ अर्ब ४० करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ ।

२०२५ मा कम्पनीको व्यापार १ अर्ब ४० करोड ५० लाख रुपैयाँ भएको हो । सो अवधिमा कम्पनीको पिबिआइएलडिटी मार्जिन ८.९७ प्रतिशत कायम भएको छ ।

यसअघि २०२४ मा यो कम्पनीको व्यापार १ अर्ब २४ करोड १० लाख रुपैयाँ हुँदा मार्जिन १०.१६ प्रतिशत कायम भएको थियो ।

त्यस्तै, २०२३ मा यो कम्पनीले १ अर्ब २३ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो । सो वर्ष भने कम्पनीको पिबिआइएलडिटी मार्जिन नकरात्मक रहेको थियो ।

सन् २०१८ मा खुलेको रियल स्टिल प्रालिले २०२० बाट आफ्नो उत्पादन सुरू गरेको थियो । मुख्य गरि एमएस पाइप, सटर पट्टी, सटर गाइडलगायतका उत्पादन गर्ने यो कम्पनीसँग वार्षिक रुपमा ५० हजार १९८ मेट्रिक टन उत्पादन गर्ने क्षमताको कारखाना रहेको छ ।

कम्पनीको कारखाना भने बिरगञ्जमा रहेको छ ।

कम्पनीको अध्यक्षका रूपमा भने प्रेम कुमार जतिया रहेका छन् ।

हालका लागि यो कम्पनीले १ अर्ब ३६ करोड ८८ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । केयर रेटिङ नेपालले यो कम्पनीलाई ७५ करोड ३८ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि बि प्लस र ६१ करोड ५० लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।

Facebook Comments

Read Previous

डोङफेङ मोटरद्वारा इजिप्टमा नौ वटा नयाँ मोडेल सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar