Nepal Purbadhar

अन्तरिम सरकारको मन्त्रिपरिषद्बको पहिलो बैठक सुरु, निर्णय के होला ?


काठमाडौं । सुशिला कार्कीको नेतृत्वमा बनेको मन्त्रिपरिषद्को पहिलो बैठक सुरु भएको छ । भर्खरै सिंहदरबारमा बैठक सुरु भएको हो ।

जेनजी आन्दोलनका कारण केपी ओली सरकार ढलेपछि कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो । आइतबार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेकी थिइन् । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी कुलमान घिसिङले पाएका छन् । गृह र कानुन मन्त्रालयको जिम्मेवारी ओम प्रकाश अर्याल र अर्थ मन्त्रालयको जिम्मेवारी रामेश्वर खनालले पाएका छन् ।

आजै तीन मन्त्रीहरुले शपथ खाएर पदभार ग्रहण गरेका छन् ।

जेनजी आन्दोलनका कारण निजी सहित सरकारी संरचनाहरु ध्वस्त भएका छन् । ७० जना बढीले ज्यान गुमाइसकेका छन् ।

अन्तरिम सरकारको मन्त्रिपरिषद्ले कस्तो निर्णय गर्छ भनेर सिंगो देश त्यसको पर्खाइमा छ।

Facebook Comments

Read Previous

दसैँ तिहार लक्षित सुपथ पसल सुरु, के के मा पाइन्छ छुट ?

Read Next

असोज १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar