
काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् ।
शीतल निवासमा शपथ ग्रहणपश्चात उनले सिंहदरबारमा गइ पदभार ग्रहण गरेका हुन् ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले खनाललाई अर्थमन्त्रीको जिम्मेवारी सुम्पिएकी हुन् । उनी पुर्व अर्थसचिव तथा अर्थशास्त्रीका रूपमा परिचित रहेका छन् ।

खनालसँगै आज अन्तिरम सरकारको मन्त्रिपरिषद विस्तार हुँदा कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्रीका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्री र शहरी विकास मन्त्रीका रूपमा नियुक्त भएका छन् भने ओमप्रकाश अर्याल गृहमन्त्रीसँगै कानुन मन्त्रीका रूपमा नियुक्त भएका छन् ।