Nepal Purbadhar

यामाहा नेपालद्वारा नाडा अटो शो २०२५ मा नयाँ भेरियन्ट सार्वजनिक


काठमाडौं । यामाहा नेपालले नाडा अटो शो २०२५ मा आफ्ना लोकप्रिय मोटरसाइकलका नयाँ भेरियन्टहरू प्रस्तुत गरेको छ।

यसअन्तर्गत MT-15 V2 मा “ICE STORM” र “Vivid Violet Metallic” भेरियन्ट थपिएका छन् भने FZ-S V3 DLX “ICE FLUO VERMILLION” रंगमा उपलब्ध भएको छ।

भृकुटीमण्डप प्रदर्शनी हलको यामाहा ब्लु च्याम्बर (स्टल नं. TW1) मा भएको उक्त अनावरण कार्यक्रममा एमएडब्लु राइड्स प्रा. लि. का अध्यक्ष विष्णु कुमार अग्रवाल र नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीको उपस्थिति थियो।

नयाँ भेरियन्टको बारेमा यामाहाले MT-15 V2 लाई अझ आकर्षक स्ट्रीटफाइटर व्यक्तित्व दिने र FZ-S V3 DLX लाई बोल्ड तथा आधुनिक शैलीमा प्रस्तुत गर्ने उद्देश्य राखेको जनाएको छ।

यस अवसरमा यामाहा ब्लु च्याम्बरका आगन्तुकहरूका लागि विशेष नाडा अफरहरू पनि सार्वजनिक गरिएको छ। जसअन्तर्गत चयनित मोडेलमा रू. ७,००० सम्म छुट, MotoGP प्रत्यक्ष अनुभव गर्ने अवसर तथा MT सिरिज बुकिङ गर्दा प्रिमियम MT राइडिङ ज्याकेट उपलब्ध हुनेछन्।

एमएडब्लु राइड्सका अध्यक्ष अग्रवालले नाडा अटो शो यामाहाका अत्याधुनिक उत्पादनहरू नेपाली ग्राहकसम्म पुर्‍याउने उत्कृष्ट प्लेटफर्म भएको उल्लेख गर्दै नयाँ भेरियन्टहरूले यामाहाको शैली, प्रदर्शन र स्वतन्त्रताको भावना झल्काउने बताए।

नाडा अटो शो २०२५ भदौ ३ देखि ८ गतेसम्म सञ्चालन हुनेछ। यामाहा नेपालले सबै मोटरसाइकल प्रेमीलाई ब्लु च्याम्बर (स्टल नं. TW1) मा उपस्थित भई नयाँ भेरियन्ट प्रत्यक्ष अवलोकन गर्न आमन्त्रण गरेको छ।

एमएडब्लु राइड्स अन्तर्गतको यामाहा नेपाल अत्याधुनिक प्रविधि, बलियो आफ्टर सेल्स सर्भिस र देशव्यापी नेटवर्कमार्फत स्कुटरदेखि एड्भेन्चर चाहनेका लागि उपयुक्त मोटरसाइकलसम्म उपलब्ध गराउँदै आएको छ


Read Previous

संसद भवनकाे निर्माण ढिलाई भएपछि उपप्रधानमन्त्री सिंहले निर्माण व्यवसायीलाई भने कार्यतालिका बमाेजिम काम गर्नुस्

Read Next

टाटा मोटर्सले नाडा अटो शो २०२५ मा नयाँ ईभी मोडल र आकर्षक अफरहरू सार्वजनिक गर्‍यो

Nepal Purbadhar