Nepal Purbadhar

स्वस्तिक लघुवित्तले खुलायो सर्वसाधारणका लागि आईपिओ


काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आईपीओ आम सर्वसाधारणका लागि खुलेको छ ।

आम सर्वसाधारणका लागि उक्त कम्पनीले १ लाख ९५ हजार १९५ कित्ता सेयर खुलाएको हो । भदौ ३ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

यसअघि नै उक्त कम्पनीले वैदेशिक रोजगारमा रहेकाहरूका लागि सेयर बाँडफाट गरिसकेको छ ।

सर्वसाधारणका लागि खुलाएको सेयरमा न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने जनाएको छ ।

सेयर बाँडफाँटका लागि नबिल इन्भेस्टमेन्ट बैंकिङलाई बिक्री प्रवन्धक राखिएको छ ।

इक्रा नेपालबाट कम्पनीले बी रेटिङ प्राप्त गरेको यो कम्पनी सिरहा जिल्लाको लाहानमा प्रमुख कार्यालय रहेको यो लघुवित्त प्रादेशिक स्तरको कम्पनी हो ।


Read Previous

सेमी सोलिड स्टेट ब्याट्रीयुक्त एमजी ४ बिक्रीका लागि पायो अनुमति

Read Next

गाइपाइलेमा सुक्खा पहिरो जाँदा पाँचपोखरी पुग्ने सडक अवरुद्ध

Nepal Purbadhar