Nepal Purbadhar

१७ प्रतिशत बजार हिस्सा ओगटेको यति एयरलाइन्सले ९ महिनामा कमायो ४ अर्ब ११ करोड रुपैयाँ


काठमाडौं । यति एयरलाइन्स लिमिटेडले ९ महिनामा ४ अर्ब ११ करोड रुपैयाँको कारोबार गरेको छ ।

यो कम्पनीले २०२५ को ९ महिनामा ४ अर्ब ११ करोड ७० लाख रुपैयाँको कारोबार गरेको हो ।

यसअघिको वर्षहरुमा कम्पनीको व्यापार हेर्दा क्रमश बढ्दै गएको देखिन्छ । २०२१ मा यो कम्पनीले १ अर्ब ३९ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो भने २०२२ मा ३ अर्ब ९२ करोड रुपैयाँको व्यापार गरेको थियो ।

२०२३ मा यो कम्पनीको व्यापार ३ अर्ब ७७ करोड ५० लाख रुपैयाँ भएको थियो । २०२४ मा भने कम्पनीको व्यापार ४ अर्ब २५ करोड ८० लाख रुपैयाँ भएको थियो ।

कम्पनीको इबिआइटिडिए मार्जिन भने २०२१ मा नकरात्मक थियो । त्यसपछिको वर्ष २०२२ मा २९.६१ प्रतिशत कायम भएको कम्पनीको मार्जिन २०२३ मा २०.०२ प्रतिशत कायम भएको छ भने २०२४ मा २५.९५ प्रतिशत कायम भएको थियो । २०२५ को ९ महिनामा भने कम्पनीको मार्जिन २५.६२ प्रतिशत कायम भएको छ ।

२००२ मा स्थापना भएको यति एयरलाइन्स लिमिटेड नेपालकै पुरानोमध्येको वायु सेवा कम्पनी हो भने २०२३ अनुसार नेपाली बजारका लागि दोस्रो ठूलो वायु सेवा कम्पनी हो भने यो कम्पनीसँग १७ प्रतिशत बजारको स्वामित्व रहेको छ ।

कम्पनीसँग ७ वटा एटिआर ७२ प्लेन रहेको छ, जसमध्ये ६ वटा कम्पनीले खरिद गरेको हो भने एउटा भाडामा लिइएको छ ।

हाल कम्पनीको स्वामित्व एशियन लाइफ इन्सुरेन्स लिमिटेडसँग ४६.८२ प्रतिशत रहेको छ भने लाक्पा सोनाम शेर्पासँग २५.०३ प्रतिशत र चन्दा शेर्पासँग २०.०६ प्रतिशत रहेको छ ।

हालका लागि यो कम्पनीले ६ अर्ब ३९ करोड १६ लाख नेपाली रुपैयाँ र २ करोड ७१ लाख अमेरिकी डलरको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । जसमध्ये रेटिङ एजेन्सीले इन्फोमेरिक्स नेपालले २ अर्ब ९५ करोड ८३ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि त्रिपल बि माइनस र २ करोड ७१ लाख अमेरिकी डलरको दीर्घकालिन कर्जा सुविधाका लागि त्रिपल बि माइनस रेटिङ दिएको छ । साथै, कम्पनीले ७५ करोड ७३ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए त्रि र २ अर्ब ६४ करोड ६० लाख रुपैयाँको दीर्घकालिन तथा अल्पकालिन कर्जा सुविधाका लागि त्रिपल बि माइनस/ए थ्रि रेटिङ दिएको छ ।


Read Previous

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले आज विश्वासको मत लिदै

Read Next

विद्युत प्राधिकरणभित्रको विवाद: ‘एमडी र ऊर्जामन्त्री एक जना नहटे संस्था नै बर्बाद हुन्छ’

Nepal Purbadhar