Nepal Purbadhar

भोटेकोशी बाढी: प्राधिकरणद्वारा प्रवर्द्धित विद्युत् आयोजनामा ७४ अर्बको क्षति भएको प्रारम्भिक अनुमान


काठमाडौं। गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट उक्त क्षेत्रमा ठूलो क्षति पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण प्राधिकरण र उसका सहायक कम्पनीका विद्युत् उत्पादन तथा प्रसारण संरचनामा करिब ७४ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ ।

बाढीका कारण माथिल्लो त्रिशूली-३ बीको २२० केभी हबमा क्षति पुगेको छ । त्यस्तै, विभिन्न जलविद्युत् केन्द्रमा समेत क्षति पुगेका कारण ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर रहेको प्राधिकरणले जनाएको छ ।

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जलविद्युत् आयोजना, प्रसारण संरचना तथा अन्य विद्युतीय पूर्वाधारमा क्षति पुर्‍याएको हो । क्षतिका कारण केही जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन तथा प्रसारण प्रभावित भएको छ ।

प्राधिकरणले क्षतिग्रस्त संरचनाको विस्तृत मूल्यांकन तथा पुनःस्थापनाको काम अघि बढाएको जनाएको छ । प्रारम्भिक रूपमा गरिएको क्षतिको अनुमान विस्तृत मूल्यांकनपछि थप यकिन हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार क्षतिग्रस्त संरचनाको पुनःस्थापना गरी विद्युत् उत्पादन तथा प्रसारण प्रणालीलाई नियमित अवस्थामा फर्काउन आवश्यक प्राविधिक काम भइरहेको छ ।


Read Previous

बाढी-पहिरोपछि विद्युत् प्रणाली पुनः सञ्चालनमा, १ हजार २९२ मेगावाटका आयोजना प्रभावित

Read Next

सुख्खायाममा १ हजार २१८ मेगावाट विद्युत् मात्रै उपलब्ध हुने, १ हजार १५४.८ मेगावाट आयात गर्नुपर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar