Nepal Purbadhar

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल


काठमाडौं। त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका तथा तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीबाट हालसम्म करिब १६ करोड ५० लाख रुपैयाँ असुलउपर गरेको छ ।

त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार हालसम्म ७५ ओटा केसबाट उक्त रकम असुल गरिएको हो ।

अध्ययन बिदापछि सेवामा नफर्किएका वा फर्किएर पनि तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीबाट विश्वविद्यालयले रकम असुलउपर गर्ने प्रक्रिया अघि बढाएको छ । अध्ययन बिदाका क्रममा विश्वविद्यालयबाट प्राप्त तलब, भत्ता तथा अन्य सुविधामा नियमानुसार हर्जाना समेत जोडेर रकम असुल गर्ने व्यवस्था रहेको त्रिविले जनाएको छ ।

विश्वविद्यालयका अनुसार थप केसहरूको हिसाब-किताब तयार गर्ने तथा सम्बन्धित अभिलेख खोजी गर्ने काम भइरहेको छ । हालसम्म हिसाब-किताब तयार भएका केसमा करिब २१ करोड ५० लाख रुपैयाँ असुल गर्नुपर्ने रकम रहेको विवरण त्रिविले जनाएको छ ।

सम्पर्कमा आएका शिक्षक तथा कर्मचारीका व्यक्तिगत अभिलेख खोजी तथा अध्ययन गर्ने कामसमेत भइरहेको विश्वविद्यालयले जनाएको छ । त्यस्ता व्यक्तिबाट विश्वविद्यालयलाई बुझाउनुपर्ने रकम असुलउपर गर्ने प्रक्रिया जारी रहेको त्रिविको भनाइ छ ।

त्रिविले अध्ययन बिदा उपभोग गरेपछि नियमअनुसार सेवामा नफर्किएका वा तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीलाई २०८३ साल पुस मसान्तभित्र रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । उनीहरूले studyleave@tu.edu.np मार्फत समेत सम्पर्क गर्न सक्ने विश्वविद्यालयले जनाएको छ ।

तोकिएको अवधिभित्र सम्पर्क नगरेमा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा तथा प्रचलित विश्वविद्यालय नियमअनुसार कानुनी कारबाही अघि बढाइने त्रिविले स्पष्ट पारेको छ ।


Read Previous

छ महिनाको सुत्केरी बिदा मातृत्वको सम्मान र स्वस्थ मानव पुँजी निर्माणसँग जोडिएको विषय : मन्त्री मेहता

Read Next

कांग्रेस महाधिवेशन: सस्थापनले ७५ जना प्रतिनिधि मनोनयनको व्यवस्था गर्दा, इतर पक्षले ३०० मनोनयन गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar