
काठमाडौं । सरकारले सचिव बढुवाका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ।
सचिव बढुवा सिफारिस समितिले प्राविधिकतर्फ रिक्त रहेको सचिव पदका लागि वरिष्ठ सहसचिवहरू डा. जगदीश्वर कर्माचार्य, नवीनराज सिंह र मीना श्रेष्ठको नाम सिफारिस गरेको हो।
लामो समयदेखि प्राविधिकतर्फ सचिव पद रिक्त रहँदै आएकोमा समितिले तीन जनाको नाम सिफारिस गरेसँगै अब सचिव बढुवाको विषय मन्त्रिपरिषद्मा जाने भएको छ।
सिफारिसमा परेका डा. कर्माचार्य ऊर्जा निमित्त सचिवका रूपमा कार्यरत छन् भने नवीनराज सिंह लगानी बोर्ड र मीना श्रेष्ठ खानेपानी मन्त्रालयमा कार्यरत रहेको समाचारमा उल्लेख छ।
प्रचलित व्यवस्थाअनुसार सिफारिस भएका तीन जनामध्ये एक जनालाई सरकारले सचिवमा बढुवा गर्नेछ। अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिसमध्ये एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ।

