Nepal Purbadhar

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल, ‘जलविद्युतको विकास राम्ररी गर्न भुमिका खेल्छु’


काठमाडौं । विद्युत विकास विभागको जिम्मेवारी जीवछ मण्डलले पाएका छन् ।

बिहिबारको ऊर्जा  मन्त्रिस्तरीय निर्णयले उनलाई विभागको जिम्मेवारी दिने निर्णय गरेको हो । बुढीगण्डकी जलविद्युत कम्पनीमा प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत मण्डलले दोस्रो पटक विभागको जिम्मेवारी पाएका हुन् ।

सरकारले बुढीगण्डकी जलविद्युत कम्पनीमा खुल्ला प्रतिस्पर्धामा अरुण रजौरियालाई नियुक्त गरिएको छ । विभागका महानिर्देशक नविनराज सिंहलाई मन्त्रालय तानिएको छ ।

जीवछ मण्डलले नेपाल पूर्वाधारसंग संक्षिप्त कुराकानी गर्दै जलविद्युत विकास राम्ररी गर्नतिर आफु लाग्ने बताए । उनले समृद्ध नेपाल निर्माणका लागि काम गर्ने बताए ।


Read Previous

आजबाट टाटा ईभी अटो कार्निभल, विशेष अफरहरुका साथै माल्दिभ्स भ्रमणको अवसर

Read Next

यस्तो छ आयल निगमको नयाँ कर्पोरेट भवन (भिडियो)

Nepal Purbadhar