Nepal Purbadhar

रोशी किनारमा जोखिमपूर्ण यात्रा


काठमाडौं । गत वर्ष असोजमा आएको बाढीले तहसनहस बनाएको बीपी राजमार्ग पूर्ववत् अवस्थामा आउने कुनै छाँट छैन । रोशी खोलाले सडक नै बगाएका कारण पुनः निर्माणका लागि चार खण्डमा विभाजन गरी ठेक्का प्रकरण अगाडी बढाएपनि काम त्यति अगाडी बढ्न सकेको छैन ।

अहिले डाइभर्सन गरी अस्थायी बाटो बनाएर सवारीसाधन चलाइएको छ तर ढुक्कले यात्रा गर्न सक्ने अवस्था छैन । ठूलो पानी परेमा बाढी आएर फेरि बाटो बगाउन सक्ने जोखिम छ । ठाउँ ठाउँमा पहिरो खस्ने खतरा पनि उत्तिकै छ । घाम लाग्दा बुङबुङती धुलो उड्ने र पानी पर्दा हिलो भएर सवारीसाधन फस्ने समस्या छ । 

वर्षाले जोखिम बढेसँगै अबको एक महिना सो सडकमा साँझको समयमा सवारी साधन चलाउन विशेष समेत गरिएको छ ।


Read Previous

प्राधिकरणले निजगढदेखि पोखरियासम्म ४०० केभीको प्रसारणलाइन बनाउँदै

Read Next

कीर्तिपुरमा निर्माणधिन क्रिकेट मैदानमा सिट राख्ने काम सुरु