Nepal Purbadhar

अम्बानीले १५ ब्रान्डलाई एक साथ ल्याएर नयाँ कम्पनी खोल्दै

तस्बिर: फोर्ब्सडटकम


काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीले विभिन्न १५ ब्रान्डलाई एक साथ ल्याएर नयाँ कम्पनी खोल्ने तयारी गरेका छन् । 

अम्बानीले आफ्नो नेतृत्वमा रहेको कर्पोरेट समूह रिलायन्स इन्डस्ट्रीजलाई पुन: संरचना गर्न लागेका हुन् । जसअन्तर्गत उनले विभिन्न १५ भन्दा धेरै एफएमसिजि ब्रान्डलाई एक साथ ल्याएर नयाँ कम्पनी बनाउन लागेका छन् । यी कम्पनीहरु हाल रिलायन्स रिटेल भेन्चर्सको भाग रहेका छन् । 

भारतीय सञ्चारमाध्यमकाअनुसार अम्बानीले यस्तो कदम हरेक उत्पादनमा विशेष ध्यान दिन र लगानी आकर्षित गर्नका लागि चालेको बताइएको छ । एफएमसिजि क्षेत्रमा मात्रै ध्यान दिने लगानीकर्ताहरुलाई आकर्षित गर्नका लागि अम्बानीले यस्तो कदम चाल्न लागेको बताइएको छ । उनको यो कदमले कम्पनीलाई तीव्र रुपमा अघि बढ्न र नयाँ बाटोमा लैजान सहयोग गर्ने अपेक्षा गरिएको छ । 


Read Previous

चक्रपथ विस्तार: दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना सडक विस्तार सुस्त

Read Next

चम्पादेवीमा केबलबार: लागत ५ सय करोड, २४ महिनामा निर्माण सक्ने