Nepal Purbadhar

ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने


काठमाडौं । चिनियाँ विद्युती सवारीसाधन (ईभी) कार बिक्री गर्न कम्पनीहरुले धमाधम अफरहरु ल्याइरहेका छन् ।

चिनियाँ ब्राण्ड काईवीका ब्राण्डको एक्स थ्री प्रो ईभी शुन्य ब्याजदरमा पाइने भएको छ ।

जिओ अटोमोबाइल्सले ५ वर्षसम्म शुन्य ब्याजदरमा उपलब्ध गराउने विशेष अफर ल्याएको विज्ञप्तिमार्फत जनाएको छ । कम्पनीका अनुसार यो अफर नयाँ प्रविधिको अनुभव गर्न चाहने सबैका लागि उपयुक्त छ ।

काईवी एक्स थ्री प्रो ले १२० किलोवाटको मोटर, ५३.६किलोवाट घण्टाको ब्याट्री र ३७० किलोमिटरको उत्कृष्ट रेन्ज प्रदान गर्दछ । यसको २६० एनएम टर्कले रोमाञ्चक र सहज ड्राइभिङ अनुभव दिलाउँछ ।

कम्पनीले यो अफरका लागि थापाथली (नेपाल राष्ट्र बैंकको ठीक अगाडि) मा रहेको काईवी नेपालको सोरूममा आउनुपर्ने बताएको छ । एक्स३ प्रोको दुईवटा भेरिएन्ट नेपाली बजारमा उपलब्ध छ । ५२ लाख ९६ हजार रुपैयाँसम्म पर्ने यो कार २० प्रतिशत डाउन पेमेन्टमा ५ वर्षभित्र तिर्ने गरी खरिद गर्दा ब्याजदर तिर्नुपर्ने छैन् ।

काईवी चिनियाँ गाडी उत्पादक कम्पनी चेरीको सब ब्राण्ड हो । यो कार गएको भदौमा सम्पन्न नाडा अटो शो मार्फत सार्वजनिक गरेको हो । जिओ अटोमोबाइल्स आकाश गोल्छाको कम्पनी हो । उनी नाडाका वरिष्ठ उपाध्यक्ष हुन् । जिओ अटो मोबाइल्स फोर्डको नेपालका लागि आधिकारिक बिक्रेता हो ।


Read Previous

कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती

Read Next

डिजेलमा ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो