Nepal Purbadhar

भारतमा टाटा बन्यो १ नम्बर कार निर्माता, जित्यो मारुतीलाई


 


एजेन्सी । ४० वर्षपछि टाटा मोटर्सले मारुती मारुतीलाई पछि पार्दै १ नम्बर कार निर्माता कम्पनी ताज पहिरिएको छ । टाटाले मारुतीको ४० वर्षे वचर्स्वको रेकर्ड तोडेको भारतीय सञ्चारमाध्यमको दाबी छ ।

 

सन् २०२४ मा पहिलो पटक भारतको सबैभन्दा धेरै बिक्री हुने कारमा मारुतीलाई टाटाले उछिनेको हो । टाटाको पन्च ईभी देशकै सबैभन्दा धेरै बिक्री हुने कार बनेको छ ।

टाटा मोटर्सको सब-कम्प्याक्ट एसयूभी पन्चले मारुती सुजुकीको वागन आर र स्विफ्टलाई उछिन्दै भारतको सबैभन्दा धेरै बिक्री हुने कारको उपाधि जितेको हो । सन् २०२४ मा टाटा मोटर्सले २ लाख २ हजार युनिटभन्दा बढी पन्च बिक्री गरेको छ । जसले १ लाख ९१ हजार यूनिट बिक्री भएको वागन आरलाई पछि पारेको छ । २०२४ का शीर्ष पाँच धेरै बिक्री भएका कारहरूमध्ये तीन एसयूभी छन् ।

 


Read Previous

२८ हजार मेगावाटका लागि ६५ खर्ब लगानी हुँदा ४० खर्ब स्वदेशमै रहनेछ : इप्पान अध्यक्ष कार्की

Read Next

कुलमानलाई ऊर्जा मन्त्रालयले सोध्यो स्पष्टीकरण,जसरी पनि हटाउने योजनामा मन्त्री खड्का