इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकाले ‘उज्यालो इटहरी’ अभियान सुरु गरेको छ । अभियानअन्तर्गत उपमहानगरको विभिन्न चोक तथा मुख्य सडकसँगै विद्युत्का खम्बामा बत्ती जडान गर्ने कार्य सुरुआत गरिएको छ ।
इटहरी–१ स्थित बजार तथा चोकमा सडक बत्ती जडान गरी अभियान थालिएको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए ।
सबै वडालाई उज्यालो बनाउने अभियानअन्तर्गत २० वटै वडामा रहेका विद्युतीय पाेलमा बत्ती राख्ने अभियान सुरु गरेको उनले बताए । नगर क्षेत्रभित्र रातकाे समयमा पनि उज्यालाे राख्न सडकका पाेलमा बत्ती जडान गर्ने कार्य भइरहेकाे उनले बताए ।
Tags: #इटहरी #उज्यालाे इटहरी