Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

तामाकोसी-५ आयाेजनाकाे सिभिल तथा हाइड्राेमेकानिकल वर्क्सकाे ठेक्का सिनो हाइड्राेलाई


काठमाडाैं ।  माथिल्लाे तामाकाेसीकाे क्यासकेड ९९.८ मेगावाटको तामाकोसी–५ जलविद्युत् आयोजनाको सिभिल तथा हाइड्राेमेकानिकल वर्क्सकाे  ठेक्का चीनकाे सिनाे हाइड्राे कर्पाेरेशन कम्पनीले पाएकाे छ । आयोजनाको प्रवर्द्धक तामाकोसी जलविद्युत कम्पनी लिमिटेडले सिभिल तथा हाइड्राेमेकानिकलतर्फकाे ठेक्का सिनाे हाइड्राेलाई दिएकाे हाे ।

सिनाे हाइड्राेले यसअघि ४५६ मेगावाटकाे माथिल्लाे तामाकाेसी निर्माणकाे काम गरेकाे थियाे । प्रवर्द्धक कम्पनी र चिनियाँ कम्पनी सिनो हाइड्रोबीच शुक्रबार (बैशाख २९ गते)  ठेक्का सम्झाैतामा हस्ताक्षार भएकाे छ ।

सम्झाैता अनुसार सिनाे हाइड्राेले १२ अर्ब ९९ करोड रुपैयाँमा सिभिल तथा हाइड्रोमेकानिकलको काम गर्नेछ । साथै, सिनो होइड्रो र नेपाली साझेदार कुमार श्रेष्ठ निर्माण सेवाको संयुक्त उपक्रम (जेभी) कम्पनीले निर्माण ठेक्का पाएको हो ।

आयोजनाको निर्माणका लागि प्राविधिक प्रस्तावमा छनोट भएका दुई कम्पनीमध्ये आर्थिक प्रस्तावमा कम रकम कबोल गर्ने सिनो हाइड्रो छनोटमा परेर ठेक्का पाएको हो । उक्त खरिद प्रक्रियामा भाग लिएका मध्ये सिनो हाइड्रो र चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन प्राविधिक प्रस्तावमा पास भएका थिए । यी मध्ये आर्थिक प्रस्तावमा कम कबोल गरेपछि सिनो हाइड्रोले ठेक्का पाएको थियो ।

सम्झौतामा हस्ताक्षार भएसँगै अब एक महिनाभित्र सिभिलकाे काम सुरु हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले बताए । उनका अनुसार पूर्व तयारीकाम कामहरु सकिएको छ ।

माथिल्लो तामाकोसीको निकास सुरुङबाट निस्कने पानीलाइ सिधै डाइभर्सन बनाएर तामाकोसी–५ को सुरुङमार्गमा ल्याइनेछ । आयोजनाका लागि बाँध बनाउनु नपर्ने भएकाले यो आयोजना वित्तिय रुपमा आकर्षक मानिन्छ । यो जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भइसकेको छ । यो आयोजना निर्माण थालेको ४ वर्षमा व्यवसायिक उत्पादन गर्ने लक्ष्य छ ।

कम्पनीले यसअघि २०७९ साउन ९ गते आयोजना निर्माणका लागि ठेकेदार छनोट गर्न बोलपत्र आह्वान गरेको थियो । आयोजना निर्माणका लागि इच्छा जाहेर गरेका ४ मध्ये दुई कम्पनी प्राविधिक प्रस्तावमा छनौट भएका थिए । उक्त ठेक्कामा सिनो हाइड्रो कर्पोरेशन लिमिटेड र चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड पास भएर सर्टलिष्टमा परेका थिए । तर, ती दुवै कम्पनीको वित्तीय प्रस्ताव प्रवर्द्धकको लागत अनुमानभन्दा बढी भएपछि ठेक्का प्रक्रिया अघि बढ्न नसकेर रद्ध भएको थियो । यी मध्ये सिनो हाइड्रोले आर्थिक प्रस्ताव कम कबोल गरेको थियो ।

२१ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लागत अनुमान

कूल २१ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ६५ प्रतिशत ऋण र ३५ प्रतिशत स्वपुँजी (इक्विटी) लगानी हुनेछ । स्वपुँजी मध्ये प्राधिकरणको ६८ प्रतिशत र सर्वसाधारण नागरिकको ३२ प्रतिशत लगानी रहने गरी लगानीको मोडल तयार गरिएको छ । आयोजनामा कर्मचारी सञ्चय कोषले १३.७४ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । कोषसँग गत जेठ ७ गते सम्झौता भएको थियो ।
आयोजनाको संरचना

तामाकोसी–५ नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको क्यासकेड आयोजना हो । यसको हेडवर्क्स निर्माण नगरी माथिल्लो तामाकोसीको विद्युत् गृहबाट आएको टेलरेसको पानीलाई सिधै सुरुङमा पठाइन्छ ।

आयोजनाको ८ किलोमिटर सुरुङ निर्माण गरी सुरीटारमा भूमिगत विद्युत्गृह निर्माण गरी विद्युत् उत्पादन गरिनेछ । आयोजनाको आवास निर्माणको काम सुस्त गतिमा भइरहेको छ । २ किलोमिटर लामो २२० केभी प्रसारण लाइनलगायत संरचनाहरू निर्माण हुनेछन् । आयोजनाका सम्पूर्ण संरचना विगु गाउँपालिका वडा नम्बर १, २, ३ र ४ मा निर्माण हुनेछन् ।


Read Previous

दमक सहरभित्रकाे अव्यवस्थित तार र बिजुलीका पोल हटाईँदै   

Read Next

सुदूरपश्चिमका ठूला आयोजना बजेट अभावले प्रभावित   

Leave a Reply

Your email address will not be published. Required fields are marked *