Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग छेडियाे,गाडी गुड्न अझै १ वर्ष लाग्ने


काठमाडौं । नागढुंगा-सिस्नेखोला परियोजनाकाे सुरुङमार्ग छेडिएकाे (ब्रेक थ्रू) छ । परियाेजनाकाे २.६६७ किलाेमिटर लामाे मुख्य सुरुङमार्ग साेमबार छेडिएकाे हाे ।

साेमबार सुरुङभित्रै औपचारिक कार्यक्रम गरेर ब्रेक थ्रु गरिएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, भाैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलगायतकाे उपस्थितिमा सुरुङमार्ग छिचाेलिएकाे नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले बताए ।

प्रधानमन्त्री दाहालले स्वीच थिचेर सुरुङमार्ग छेडिएकाे घाेषणा गरे । प्रधानमन्त्रीले स्वीच थिचेपछि धादिङ र काठमाडौँ दुवैतर्फबाट खनिएको सुरुङ एकआपसमा छिचोलिएको हो । धादिङको सिस्नेखोला र काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ मा रहेको टोटीपाखामा सुरुङ जोडिएको छ ।

दुमरुका अनुसार छेडिएकाे सुरुङमार्गकाे  कंक्रिटिङ, लाइटिङ लगायतका काम सम्पन्न गरेर गाडी गुड्ने चरणमा पुर्याउन अझै एक वर्ष लाग्नेछ । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग परियाेजनाको मुख्य सुरुङको लम्बाइ २.६६७ किलाेमिटर छ ।

परियाेजनाकाे उद्धार सुरुङ (रेस्क्यु टनेल) भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ । परियाेजनाकाे निर्माणको सुरुवाती सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष बैशाखमै निर्माण सम्पन्न भइसक्नुपर्ने तालिका थियाे । तर, विविध कारणले बल्ल सुरुङमार्ग छेडिएकाे हाे ।

याे परियाेजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन छ ।

त्यस्तै, सुरुङमार्गभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन)लगायतका काम बाँकी  छ । सुरुङमार्ग निर्माण सम्पन्न भइ सञ्चालनमा आउँदा काडमाडाैंकाे बलम्बुदेखि  धादिङकाे सिन्नेखाेला ३ मिनेटमै पुग्ने जनाइएकाे छ ।


Read Previous

अवैध क्रसरले पिखुवाको पक्की पुल जोखिममा   

Read Next

डेडिकेटेड फिडर र ट्रंक लाइन महसुल प्रकरण : आयोगका सदस्यबाट शपथ ग्रहण

Leave a Reply

Your email address will not be published.