Nepal Purbadhar

श्री एयरलाइन्सले क्यानडामा निर्मित २ जहाज भित्र्यायो


काठमाडौं । निजी क्षेत्रको श्री एयरलाइन्सले थप दुई जहाज भित्र्याएको छ । सो एयरलाइन्सलले मंगलबार ८० सिट क्षमताका दुई जहाज काठमाडौँ अवतरण गराएको हो ।

एयरलाइन्सले क्यानडाको डी हाभिलैण्ड अफ क्यानडाद्वारा निर्मित ‘ड्यास एट’ जहाज ल्याएको छ । ती जहाजको कलसाइन नाइनएन–एओके र नाइनएन–एओएल रहेको श्री एयरलाइन्स लिमिटेडका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । ती जहाज यसअघि अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाएको थियो ।

थपिएका दुवै जहाज नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रक्रिया पूरा गरेर चाँडै व्यावसायिक उडानमा लगिने संस्थागत प्रबन्धक मानन्धरले बताए । योसँगै श्री एयरलाइन्ससँग अब १० जहाज उपलब्ध छन् । कम्पनीका हाल आठ हेलिकोप्टर पनि सञ्चालनमा छन् ।

श्रीएयरलाइन्सले सन् २०१७ देखि ५० सिट क्षमताका दुई सिआरजे २०० तथा ७० सिट क्षमताको दुई आर जे ७०० जेट विमानबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन थालेको हो । सन् २०१९ देखि दुई तथा सन् २०२२ देखि थप दुई ८० सिट क्षमताका जहाज ल्याएको उक्त कम्पनीले जहाज थपेर उडान गन्तव्य विस्तार गरिरहेको छ ।

Facebook Comments

Read Previous

मेची राजमार्गकाे स्तरवृद्धि गर्न अध्ययन सुरु

Read Next

७ हजार निजी विद्यालयमा रुफटफ सौर्य ऊर्जा प्रणाली जडान गर्न प्याप्सन सकारात्मक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar