Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

७ हजार निजी विद्यालयमा रुफटफ सौर्य ऊर्जा प्रणाली जडान गर्न प्याप्सन सकारात्मक


काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) ले रुफटप सौर्य ऊर्जा  प्रणाली प्रवर्द्धन गर्ने सम्बन्धमा निजी तथा आवासीय विद्यालय संगठन, नेपाल (प्याब्सन) सँग सहकार्य गर्ने भएको छ । एइपिसीले देशभरका ७ हजार निजी तथा आवासिय विद्यालयको रुफटफमा सौर्य ऊर्जा प्रणाली जडान गर्न सहकार्य गर्ने भएको हो ।

एइपिसीले निजी तथा आवासीय विद्यालयको रुफटफमा सौर्य ऊर्जा प्रणाली जडान गर्न सकिने सम्भाव्यताबारे मंगलबार बृहत छलफल गरेको छ । एइपिसीले मध्यबानेश्वर स्थित कार्यालयमा प्याब्सन, सौर्य ऊर्जा प्रवर्द्धनमा क्रियाशील निजी क्षेत्रका कम्पनी तथा सो को छाता संगठन (सिम्यान) एवं, ऊर्जा सेवा प्रदायक कम्पनीका ४० जना भन्दा बढीको उपस्थितिमा विद्यालयमा रुफटफ सौर्य ऊर्जा प्रणाली जडानको सम्भाव्यताबारे छलफल गरेको हो ।

छलफल कार्यक्रममा बोल्दै एइपिसीका कार्यकारी निर्देशक नवराज ढकालले अहिले सञ्चालित २ वटा कार्यक्रम अन्तर्गत रुफटफ सौर्य ऊर्जा प्रणालीबाट ३१ मेगावाट विद्युत उत्पादनको लक्ष्य लिइएकाले देशभरमा सञ्चालित ७ हजार निजी तथा आवासीय विद्यालयमा पनि यो प्रणाली जडानको सम्भावना रहने बताए ।

उनले सौर्य ऊर्जा प्रविधिमा आधारित रुफटप प्रणालीको जडानले उद्योग व्यावसायमा दैनिक रुपमा प्रयोग हुने डिजेल खपतमा कमी ल्याइ हरित ऊर्जाको उपयोगबाट कार्वन उत्सर्जन न्यूनीकरणमा सघाउ पुर्याउनुको साथै सौर्य रुफटफ प्रणालीले दिउँसोको समयमा ऊर्जा उत्पादन गर्ने हुँदा स्टोरेज क्षमता भएका जलविद्युत आयोजनामा विद्युतको माग बढी हुने समयको लागि पानीको भण्डारण गरी बिद्युत सुरक्षालाई समेत सहयोग गर्ने बताए ।

रुरफटफ सौर्य ऊर्जा प्रणालीलाई नेट मिटरिङको माध्यमबाट राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न समेत सकिने हुँदा औद्योगिक क्षेत्रमा उत्पादित विद्युत खपत नहुने समयमा ग्रिडमा आपूर्ति गरी प्रणालीलाई गुणस्तरीय र भरपर्दो बनाउन सहयोग पुग्ने पनि ढकालले बताए ।

प्याब्सनका उपाध्यक्ष कृष्ण अधिकारीले देशभरका निजी तथा आवासिय विद्यालयमा रुफटप सौर्य ऊर्जा प्रणाली जडान गर्ने सम्बन्धमा आफुहरुको पनि चासो रहेको बताए । उनले खपत हुन नसकेकाे विद्युत ग्रिडमा दिन सकिने हुँदा एइपिसीले गरेकाे प्रस्तावमा प्याप्सन सकारात्मक रहेकाे बताउँदै चाँडै निर्णयमा पुग्ने बताए ।

उनले सौर्य ऊर्जा प्रविधिबाट उत्पादित विद्युत तथा विद्युत उत्पादनका उपकरणहरु विश्वसनीय गुणस्तरीय एवं भरपर्दो हुनु आवश्यक रहेकोमा पनि जोड दिए । विद्युत कटौती हुँदाको अवस्थामा विद्युतको वैकल्पिक स्रोतको रुपमा उपयोग गर्न सकिने भएकोले मन्टेश्वरी सहित लगभग १२ हजारको संख्या (हाल प्याब्सनमा आबद्ध ७ हजार सहित) मा रहेका निजी तथा आवासीय क्षेत्रहरु सौर्य रुफटप प्रणाली जडानको महत्त्वपूर्ण क्षेत्र बन्न सक्ने पनि अधिकारीले बताए ।

‘चाडै नै प्याब्सनले सौर्य रुफटप प्रणालीको सम्बन्धमा केन्द्रसँगको सहकार्यमा प्याब्सनकै कार्यालयमा कार्यशाला आयोजना गरी यस सम्बन्धी सरोकारवाला विद्यालयहरुसँग थप छलफल गर्छौं’, उनले भने ।

प्याब्सनका महासचिव आर.बि कटुवालले छलफलबाट रुफटप सौर्य प्रणालीबारे महत्त्वपूर्ण जानकारी प्राप्त भएको बताउँदै आगामी दिनमा एइपिसीसँग सहकार्यलाई निरन्तरता दिइने बताए ।

नेपाल सौर्य विद्युत उत्पादक संघ (सिम्यान) का अध्यक्ष कृष्णप्रसाद पराजुलीलेरुफटप सौर्य प्रणालीको महत्त्वबारे बोल्दै कम्पनीले प्रदान गर्ने सेवामा शतप्रतिशत ग्यारेन्टी प्रदान गर्ने बताए । उनले नेपालका सौर्य ऊर्जा कम्पनीहरु ग्राहकले चाहेजस्तो सेवा प्रदान गर्न सक्षम रहेको बताए ।

कार्यक्रममा केन्द्रका निर्देशक डा. नारायणप्रसाद अधिकारीले विश्व परिवेशमा जलवायु परिवर्तनबाट सिर्जित समस्यालाई न्यूनीकरण गर्न नवीकरणीय ऊर्जाको महत्त्व उल्लेखनीय रहेको बताउँदै नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको क्षेत्रमा प्याब्सनसँग सहकार्यलाई निरन्तरता दिइने बताए । उनले हालको नीतिगत व्यवस्थालाई सरलीकृत गर्दै प्याब्सनमा आबद्ध ७ हजार निजी तथा आवासीय विद्यालयहरुमा रुफटप सौर्य प्रणाली को प्रवर्द्धनमा जोड दिइने बताए ।

कार्यक्रममा नेपाल नवीकरणीय ऊर्जाको कार्यक्रमको तर्फबाट कार्यक्रमका सल्लाहकार बद्रीनाथ बरालले कार्यक्रमको कार्यान्वयन ढाँचा तथा कार्यक्रमबाट हुने आर्थिक प्राविधिक सहयोग सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए । डि.के.टि.आइ. आयोजनाको तर्फबाट डिपुटी टिम लिडर खेमराज भण्डारीले कार्यक्रमको समग्र पक्षको बारेमा प्रस्तुती दिएका थिए ।

एइपिसीको सौर्य तथा वायु ऊर्जा शाखा प्रमुख डा. लक्ष्मण प्रसाद घिमिरेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे । कार्यक्रमको सहजीकरण डि.के.टि.आइ. आयोजनाका आयोजना व्यवस्थापक सन्तोष राइले गरेका थिए ।

clxn] POlk;L cGtu{t जर्मन सरकार (जर्मन सहयोग नियोग अन्तर्गत KFW मार्फत) को सहयोगमा सञ्चालित ग्रामीण तथा अर्धशहरी क्षेत्रको लागि सौर्य ऊर्जा प्रवर्द्धन (Promotion of Solar Energy in Rural and Semi-urban Regions of Nepal) आयोजना (डि.के.टि. आइ. आयोजना) एवं POlk;L र बेलायत सरकारको सहयोगमा सञ्चालित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम -Nepal Renewable Energy Programme-NREP)  अन्तर्गत डिजेल खपत भइरहेका उद्योग तथा निजी व्यवसायहरुमा हरित गृह ग्यास उत्सर्जन न्यूनीकरण गर्नको लागि सौर्य रुफटप प्रणाली जडान गर्ने कार्य भइरहेको छ ।

नवीकरणीय ऊर्जा अनुदान नीति, २०७८ बमोजिम सौर्य रुफटप प्रणाली जडानको लागि व्यावसायिक प्रयोजनका लागि १ हजार ५ सय वाट पिक क्षमता भन्दा बढी र घरायसी प्रयोजनका लागि ५०० वाट पिक क्षमता भन्दा बढीका सौर्य ऊर्जा प्रणाली जडानका लागि ५ वर्षे मासिक किस्तामा बैंक ऋण लिँदा व्यावसायिक प्रयोजनको लागि ब्याजको ५० प्रतिशत रकम र घरायसी प्रयोजनको लागि ब्याजको ७५ प्रतिशत रकम अनुदान स्वरुप बैंक मार्फत उपलब्ध गराइने प्रावधान रहेको छ ।

त्यसैगरी, केन्द्रीय नवीकरणीय ऊर्जा कोष (सञ्चालन) निर्देशिका,२०७१ (पहिलो संसोधन,२०७८० मा राष्ट्रिय प्रसारणमा जडान हुने र कम्तिमा वार्षिक उत्पादित विद्युतको एकाउन्न प्रतिशत स्व (उपयोग गर्ने क्याप्टिभ आयोजनालाई प्रस्तावक संस्थाले लिने कर्जाको ब्याजमा वित्तीय संस्थाले तोकेको ब्याजको पाँच बर्षसम्मको बढीमा पचास प्रतिशतसम्म ब्याज सहुलियत वा उत्पादित विद्युतमा पाँच बर्षसम्मको लागि प्रति युनिट बढीमा एक रुपैया पचास पैसा भायबिलिटी ग्याप फण्डिङ्ग उपलब्ध गराउने व्यवस्था रहेको छ ।


Read Previous

श्री एयरलाइन्सले क्यानडामा निर्मित २ जहाज भित्र्यायो

Read Next

सरकारकाे भुक्तानीपछि ५ महिनादेखि ठप्प महाकाली पुलकाे काम सुचारु

Leave a Reply

Your email address will not be published.