Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

वडाले मिटर दिएपछि भाेजपुरका १६ विपन्न परिवारका घरधुरीमा बल्यो बिजुली   


भाेजपुर । वडा कार्यालयले मिटर उपलब्ध गराएपछि   विपन्नताका कारण विद्युत पहुँचबाट बन्चित रहेका परिवारकाे घरमा बत्ती बलेकाे छ भोजपुर नगरपालिका–५ कार्यालयले आफ्नो वडाभित्र रहेका १६ घरपरिवारलाई वडाको बजेटबाट विद्युत् मिटर खरिद गरी वितरण गरेपछि ती परिवारमा विद्युत पहुँच पुगेकाे हाे ।

नगरभित्र सदरमुकामबाट नजिक रहेको वडाका नागरिक नै विद्युत सेवाबाट बञ्चित भएकाले बजेट व्यवस्थापन गरिएको वडाध्यक्ष फविन्द्र प्रधानले बताए । “टुकीको उज्यालोमा रहेका १६ परिवारलाई वडामार्फत विद्युत् प्राधिकरणबाट मिटर खरिद गरी बिजुली बाल्ने व्यवस्था मिलाएका छौं”, वडाध्यक्ष प्रधानले भने, “वडाले विद्युत् बाल्ने व्यवस्था मिलाएपछि अहिले विद्युत् बाल्न पाएकामा ती परिवारसमेत हर्षित हुनुहुन्छ ।”

वडा नं ५ मुढेका रेवतीप्रसाद कोइरालाले वडाले विद्युत् बाल्ने अवसर दिएकामा खुसी हुँदै भने, “विपन्नताका कारण घरमा विद्युत् सेवा पुग्न सकेको थिएन, वडाको सहयोगमा बिजुली पुग्यो, हामीलाई खुसी लागेको छ ।”

आर्थिक अवस्थाका कारण विपन्न परिवारका लागि राज्यका निकाय सहयोगी बन्नुपर्ने अवस्थामा वडाले विद्युत् सेवाका लागि सहयोग गरेको अर्का स्थानीय लक्ष्मण श्रेष्ठले बताए । बोखिममा मात्र होइन, विद्युत् प्राधिकरणले विद्युतीकरणको कार्य तीव्र बनाएसँगै जिल्लाको दक्षिण आमचोक गाउँपालिकाको वडा नं ३ थिदिङ्खामा पनि विद्युत् सेवा पुगेको छ ।

विद्युतीकरण भएसँगै आमचोकको थिदिङ्खामा पनि बत्ती बल्न सुरु भएको नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रका प्राविधिक काजीमान राईले बताए । जिल्लाका ग्रामीण क्षेत्रमा समेत विद्युतीकरणको कार्य अहिले भइरहेकाले नागरिकलाई विद्युत् बाल्न सहज भएको राईको भनाइ छ ।

थिदिङ्खाका रामबहादुर सुवेदी अहिले घरमा बिजुलीको सुविधा पुगेकामा खुसी छन् । अहिलेसम्म टुकीको भरमा उज्यालो बाल्दै आउनुभएका सुवेदीको घरमा अहिले विद्युत् प्राधिकरणले लाइन जडान गरिदिएको छ । विगतमा सदरमुकाम र आसपासमा मात्र विद्युत्को पहुँच पुगेको भए पनि अहिले गाउँगाउँमा विद्युत् सेवा पुग्न थालेको छ ।

भोजपुरमा दुई नगरपालिका र सात गाउँपालिका छन् । तीमध्ये जिल्लाको दक्षिणमा रहेको आमचोक गाउँपालिका र उत्तरको साल्पासिलिछो गाउँपालिकामा विद्युतीकरण कम भएको छ । ती क्षेत्रमा पनि क्रमिकरूपमा विद्युतीकरणको कार्य भइरहेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ ।

“गाउँ–गाउँमा बिजुली पुग्दै गएको छ, कति ठाउँमा जडान हुँदैछ, जिल्लाका धेरै स्थानमा प्राधिकरणले विद्युत् सेवा पुर्याएको छ”, वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीले भने । भोजपुरमा २०६७ साल कात्तिकदेखि नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् सेवा सञ्चालनमा ल्याएको थियो ।


Read Previous

गणेशमान मार्ग स्तरोन्नति गर्न ८ करोड रुपैयाँ विनियोजन   

Read Next

बजेट अभावले ६ किलाेमिटरकाे बाइपास सडक निर्माण अलपत्र

Leave a Reply

Your email address will not be published.