Nepal Purbadhar

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024
राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन् पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या    बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै   

दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज


काठमाडौं ।  नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ ।

इन्टरनेट (इमेलसहित) को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम लिमिटेड पुतलीसडक काठमाडौँ, म्याक्स नेट सोलुसन प्राली कोटेश्वर काठमाडौँ र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरिएको नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

उनका अनुसार अनुमतिपत्र प्राप्त गरेका ती कम्पनीहरुले तोकिएको समय अवधिभित्र अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले अनुमतिपत्र स्वतः खारेज गरिएको हो ।

प्राधिकरणले ती कम्पनीहरुलाई ३० दिनभित्र प्राधिकरणको कार्यालयमा सम्पर्क गरी नियमानुसार तिर्नुपर्ने रकम/दस्तुर तथा विवरणहरु बुझाउन अनुरोध गर्दै अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने जनाएको छ ।


Read Previous

दोसल्लेमा बिजुलीको नाङ्गो तार हटाउन थालियो

Read Next

विदेशी मुद्राको विनिमय सञ्चिती १६ खर्ब ९६ अर्ब कायम

Leave a Reply

Your email address will not be published.