Nepal Purbadhar

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

हट्यो नागढुंगा सुरुङमार्गको समस्या, एक महिनाभित्र टनेलको ब्रेक थ्रु गर्ने तयारी


काठमाडौं । स्थानीय समस्याले केही समय अबरुद्ध बनेको नागढुंगा नौविसे सुरुङ मार्गको निर्माण कार्य पुनः शुरु भएको छ । सुरुङमार्गको पूर्वी पोर्टलको ८३ मिटर माथी खाड्ल परेको थियो भने ९ वटा घरहरु चर्किएका थिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले खाडल परेको ठाउँको विज्ञद्धरा अनुसन्धान गराउने र चर्किएका घरहरुलाई अस्थायी स्थानान्तर गर्ने निर्णय गरेपछि अवरुद्ध सुरुङमार्गको काम पुनः सञ्चालनमा आएको निजी सचिव रामहरी शर्माले बताए ।

‘आयोजनामा निर्माण र स्थानीय बासिन्दालाई समस्या परेपछि मन्त्रीज्यूले तत्काल सर्वपक्षिय बैठक बोलाउनुभएको थियो’ निजी सचिव शर्माले भने, ‘पीडितपक्ष, त्यसक्षेत्रका संघीय र प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि तथा आयोजना प्रमुखको रोहवरमा निर्णय भएपछि आयोजनाको काम शुरु भएको छ ।’

सुरुङमार्ग निर्माणका क्रममा भएका समस्याहरुलाई समाधान गर्न सडक विभाग बैदेशिक महाशाखाका प्रमुख बिजय जैसीको नेतृत्वमा एक समिति गठन गरिएको छ । सुरुङमार्ग निर्माण स्थलमा कसरी खाड्ल पर्यो ? कति घरहरु चर्केका छन, त्यसको कारण पत्ता लगाउन र पीडितहरुलाई स्थानान्तरणको ब्यवस्था गर्न समिति बनेको हो ।

आयोजना प्रभावित क्षेत्रको बाँकी मुआब्जा र क्षतिपूर्तिको समस्या तत्काल सुल्झाउने निर्णय पनि भएको छ । मुआब्जा र क्षतिपूर्तिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गृह र जिल्ला प्रशासन कार्यालय काठमाडौसँग समन्वय गरेर तत्काल समस्या सामधान गर्ने निर्णय भएको शर्माले बताए ।

अबरोध हटेपछि मन्त्री ज्वालाले करिव एक महिनाभित्र सुरुङमार्गको मुख्य टनेल ब्रेक थ्रु हुनेगरी काम गर्न आयोजना प्रमुुखलाई निर्देशन दिए । सहायक टनेलको ब्रेक थ्रु भइसकेको छ भने मुख्य टनेलको काम अन्तिम चरणमा छ । करिव २ सय मिटर मात्र काम बाँकी रहेको आयोजनाले जनाएको छ ।


Read Previous

प्रसारण लाइनको तार फेर्न सर्लाहीको लालबन्दी क्षेत्रमा अवरोध, काम नभए हिउँदमा वीरगञ्ज क्षेत्रमा लोडसेडिङ

Read Next

पर्यटकलाई लोभ्याउँदै तोक्पेगोला

Leave a Reply

Your email address will not be published.