Nepal Purbadhar

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024
एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने ठेक्का सम्झौता भएको २७ महिनापछि बल्ल राहुघाट सबस्टेसनकाे निर्माण सुरु    तनहुँ जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण पूरा विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो    पुल्चोक-गोन्द्राङ ६ लेन सडकखण्डकाे निर्माण अन्तिम चरणमा    सिँचाइका लागि जडान गरिएका ८ वटा ‘डिपट्युवेल’ का ‘ट्रान्सफर्मर’ चोरी    पश्मिना निर्यात निर्देशिका सार्वजनिक, साना र मझौला उद्यमीकाे व्यापार सहज हुने सरकारकाे नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने   

बागमती करिडोरको सुरु र अन्तिम बिन्दुकाे निर्माण बाँकी   


काठमाडौं । निर्माण सुरु भएको साढे २ दशक बित्दा पनि बागमती करिडोर सडककाे  सुरु र अन्तिम बिन्दुकाे ट्र्याक खोल्ने काम अझै बाँकी छ । काठमाडौंको उत्तर पूर्वी क्षेत्रलाई उपत्यकाको दक्षिणी क्षेत्रसम्म पुर्‍याउने सो करिडोर सडक सुरु बिन्दुमा पर्ने गोकर्णबदेखि सुन्दरीजलसम्म खुल्न बाँकी रहेकाे हाे ।

यो खण्डको ८ किलाेमिटर क्षेत्रमा काम हुन बाँकी रहेकाे अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ ।नदीको क्षेत्र २० मिटर रहेकामा अहिले २०/२० मिटर क्षेत्रमा जग्गा व्यक्तिका नाममा रहेकाले जग्गा किनबेच भइरहेको समितिका सूचना अधिकारी इञ्जिनियर कमल अर्यालले बताए ।

त्यस स्थानमा जग्गा प्राप्त गर्न काठमाडौं उपत्यका नयाँ सहर आयोजनाले एक लाख रोपनीमा नयाँ सहर बनाउन लागेको उनले  बताए ।“त्यहाँभित्रबाट जग्गा निकालेर सडक बनाउने योजना छ ,”उनले भने । गोकर्णबाट गुहेश्वरीसम्म दुवैतर्फको सडक खुलिसकेको छ । गुहेश्वरी मन्दिरबाट तिलगङ्गासम्म पशुपति क्षेत्र रहेको छ । तिलगङ्गाबाट जाँदा गाडि चले पनि सडक कच्ची रहेको इञ्जिनियर अर्यालले बताए ।

सडक निर्माणमा समस्या नभएको ठाउँमा खुलिसकेको भए पनि अरु निकायले काम गर्छु भनेका ठाउँमा काम हुन नसकेको जनाइएको छ । गोठाटार पुलबाट गुहेश्वरीसम्मको सडक प्रदेश सरकारले निर्माण गर्ने भने पनि बनिसकेको छैन ।

नदी किनारमा समितिले नै सबै किसिमका काम एकसाथ अघि बढाइरहेको छ । करिडोर सडक निर्माणसँगै नदीको दुवैतर्फ ढल निर्माण, विभिन्न स्थानमा बाँध, किनारमा रहेका मठ, मन्दिरको पुनःनिर्माण, फोहर पानी प्रशोधन केन्द्रको निर्माण अघि बढिरहेको बताइएको छ ।

बागमती करिडोर निर्माणको कार्यक्षेत्र काठमाडौंको बागद्वारबाट कटुवाल दहसम्म छ । जम्मा ४४ किमी यसको लम्बाइ रहेको छ । अन्तिम बिन्दुतर्फ जान अहिले ट्र्याक खोलेर मोर्डन इन्डियन स्कुलसम्म पुगिएको उनले बताए । खासगरी काठमाडौं उपत्यकाका मुख्य सडकमा रहेको जाम कम गर्ने उद्देश्यले करिडोर सडक निर्माण सुरु गरिएको थियो ।

बागद्वारबाट कटुवाद दहसम्म दुवैतर्फ जान नसक्ने गरी नहुँदा लक्ष्य पूरा नहुने इञ्जिनियर अर्यालले बताए ।  यसलाई निरन्तर जाने गरी बनाउनुपर्ने उनकाे भनाइ छ । काठमाडौं उपत्यकामा रहेका सानाठूला धेरै खोलामा करिडोर निर्माणको काम अघि बढाइएको छ । कतै समिति त कतै काठमाडौं उपत्यका नगर विकास प्राधिकरण र कतै डिभिजन सडक कार्यालयले करिडोर सडकमा निर्माण गरिरहेका छन् ।


Read Previous

उत्पादन लागत महँगो हुँदा विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न कठिन, कृषि, ऊर्जा, पर्यटन क्षेत्रकाे विकासमा जाेड

Read Next

सरकारको चौंथो प्राथमिकतामा भौतिक पूर्वाधार र पाँचौमा विद्युत (विधेयकको सिद्धान्त र प्राथमिकताको पूर्ण पाठ)

Leave a Reply

Your email address will not be published.