Nepal Purbadhar

सुनसरी घटनाबारे प्रधानमन्त्रीले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ, उच्च सतर्कताका अपनाउन निर्देशन


काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन्।

गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती र सम्भावित जोखिमबारे जानकारी लिएका हुन्।

ब्रिफिङका क्रममा प्रधानमन्त्रीले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आम नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भाव बिथोल्न खोज्ने तत्त्वमाथि कडा निगरानी राख्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री शाहले शान्ति–सुरक्षा कायम राख्ने विषयमा कुनै पनि प्रकारको सम्झौता नगर्न र गृह मन्त्रालय मातहतका नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बललाई उच्च सतर्कताका साथ परिचालन गर्न स्पष्ट निर्देशन दिएका छन्।


Read Previous

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, आजै वार्ता सुरु हुने

Read Next

चार वर्षदेखि रोकिएका लाइसेन्स छपाइ सम्पन्न, सम्बन्धित कार्यालयमा पठाइएको छ- विभाग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar