Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

विद्युती पाेलमा लत्रिएका अनावश्यक तार हटाउन कामनपाको निर्देशन,अटेर गरे काटिने   


काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा अव्यस्थित तार हटाउनका लागि सम्बन्धित कार्यालय तथा संघसंस्थालाई १५ दिनको समय दिएको छ । महानगरपालिकाले मंगलबार सार्वजनिक सूचना प्रकाशित गरी जथाभावी लत्रिएका अनावश्यक तार हटाउन निर्देशन दिएकाे हाे ।

महानगरपालिकाकाे सहकाे सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा असर परेको र आगलागीलगायतको जोखिम सिर्जना हुनसक्ने भन्दै अनावश्यक तार तत्काल भनेकाे सूचनामा जनाइएकाे छ । महानगरले विद्युत, टेलिफोन, इन्टरनेट तथा केवल सेवा प्रदायक निकाय तथा संघ संस्थाले विद्युतीय पोलमा गुजुल्टो बनाएर राखेका, चुडिँएर तथा लत्रिएर सडकमा छरिएका तार सम्बन्धित निकायले आफैँ हटाउनु पर्ने र आवश्यक तारलाई सङ्केत चिन्ह लगाउन पर्ने भनेकाे छ ।

महानगरले उक्त अवधिमा सम्बन्धित निकायले तार नहटाए आफैँले हटाउने चेतावनी समेत जनाएकाे छ । अव्यवस्थित तारबाट सिर्जना हुनसक्ने जोखिम घटाउने विषयप्रति महानगरपालिकाले विभिन्न समयमा सरोकारवाला निकाय तथा अधिकारीसँग बैठक बसेर व्यवस्थापनका लागि अनुरोध गरिसकेको जनाएको छ । तर निर्णय कार्यान्वयनका लागि पटक–पटक पत्र पठाएर ताकेता गर्दा पनि काम नभएको महानगरपालिकाको भनाइ छ ।

यसअघि नेपाल विद्युत प्राधिकरणले पनि पटक–पटक ताकेता गरी विद्युतीय पाेलका अनावश्यक तार हटाउन भने पनि अटेरी हुँदै आएकाे छ । प्राधिकरणले केही स्थानमा आफैँले पाेलमा गुजुल्टिएका तार हटाउने प्रयास गरेपनि सबैतिरकाे हटाउन सकिएकाे छैन ।


Read Previous

पुल नबन्दा आफ्नै देश आउजाउ गर्न सक्दैनन् मेचीपारिका नेपाली   

Read Next

कमोडिटी एक्सचेञ्ज र स्टक एक्सचेञ्जमा ७ कम्पनीको आवेदन   

Leave a Reply

Your email address will not be published.