Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव

विद्युती पाेलमा लत्रिएका अनावश्यक तार हटाउन कामनपाको निर्देशन,अटेर गरे काटिने   


काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा अव्यस्थित तार हटाउनका लागि सम्बन्धित कार्यालय तथा संघसंस्थालाई १५ दिनको समय दिएको छ । महानगरपालिकाले मंगलबार सार्वजनिक सूचना प्रकाशित गरी जथाभावी लत्रिएका अनावश्यक तार हटाउन निर्देशन दिएकाे हाे ।

महानगरपालिकाकाे सहकाे सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा असर परेको र आगलागीलगायतको जोखिम सिर्जना हुनसक्ने भन्दै अनावश्यक तार तत्काल भनेकाे सूचनामा जनाइएकाे छ । महानगरले विद्युत, टेलिफोन, इन्टरनेट तथा केवल सेवा प्रदायक निकाय तथा संघ संस्थाले विद्युतीय पोलमा गुजुल्टो बनाएर राखेका, चुडिँएर तथा लत्रिएर सडकमा छरिएका तार सम्बन्धित निकायले आफैँ हटाउनु पर्ने र आवश्यक तारलाई सङ्केत चिन्ह लगाउन पर्ने भनेकाे छ ।

महानगरले उक्त अवधिमा सम्बन्धित निकायले तार नहटाए आफैँले हटाउने चेतावनी समेत जनाएकाे छ । अव्यवस्थित तारबाट सिर्जना हुनसक्ने जोखिम घटाउने विषयप्रति महानगरपालिकाले विभिन्न समयमा सरोकारवाला निकाय तथा अधिकारीसँग बैठक बसेर व्यवस्थापनका लागि अनुरोध गरिसकेको जनाएको छ । तर निर्णय कार्यान्वयनका लागि पटक–पटक पत्र पठाएर ताकेता गर्दा पनि काम नभएको महानगरपालिकाको भनाइ छ ।

यसअघि नेपाल विद्युत प्राधिकरणले पनि पटक–पटक ताकेता गरी विद्युतीय पाेलका अनावश्यक तार हटाउन भने पनि अटेरी हुँदै आएकाे छ । प्राधिकरणले केही स्थानमा आफैँले पाेलमा गुजुल्टिएका तार हटाउने प्रयास गरेपनि सबैतिरकाे हटाउन सकिएकाे छैन ।


Read Previous

पुल नबन्दा आफ्नै देश आउजाउ गर्न सक्दैनन् मेचीपारिका नेपाली   

Read Next

कमोडिटी एक्सचेञ्ज र स्टक एक्सचेञ्जमा ७ कम्पनीको आवेदन   

Leave a Reply

Your email address will not be published.