Nepal Purbadhar

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024
बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइनकाे विद्युत केयुले साधारणीकरण सञ्चार-ढाँचाको २ दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने नारायणगढ-बुटवल सडक कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान पहुँचमार्ग जीर्ण हुँदा राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनालाई समस्या    सामाजिक उत्तरदायित्व अन्तर्गतकाे रकम भुक्तानी नहुँदा मध्यभोटेकोशीको काम प्रभावित विद्युत नियमन आयोग स्थापनाको ५ वर्ष, १ हजार बढी निवेदन उपर कारबाही ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता हरिचोक-याम्दी सडक समयमा नबन्दा हिलो र धुलोले यात्रुलाई सास्ती   

पर्वत र म्याग्दी जोड्न कालीगण्डकीमा बेलिब्रिज


पर्वत। पर्वतको जलजला गाउँपालिकालाई म्याग्दी सदरमुकाम बेनी बजारसँग जोड्न कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण थालिएको छ । जलजला–२ र ३ मा पर्ने बगरफाँटलाई बेनीबजारसँग जोड्न उक्त पुल निर्माण गर्न लागिएको हो ।

कालीगण्डकीले कटान गर्न थालेपछि बगरफाँट बस्ती दुई वर्षदेखि सडक सुविधाबाट वञ्चित छ । पक्की पुल नहुँदा बगरफाँटवासीको दिनचर्या कष्टकर बनेको छ । उनीहरुको दैनिकी सहज पार्न पुल निर्माण गर्न थालिएको जलजलाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । पुल निर्माण भएपछि स्थानीयवासीलाई हिँडडुल र कृषिउपज बेनीबजारमा पु¥याउन सहज हुने छ ।

यहाँ बेलिब्रिज निर्माणका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनाले हिमालयन विल्डर्स बेनीसँग ५ महिनाभित्र योजना सम्पन्न गर्ने गरी १ करोड ६० लाख रूपैयाँको ठेक्का सम्झौता गरेको बेनी–जोमसोम सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए ।  निर्माण कम्पनीले कालीगण्डकी किनारमा पुलको जग खन्ने काम थालेको छ । झण्डै ५४ मिटर लामो बेलिब्रिज राख्न पर्खालसहित जाली भरेर दुवैतर्फ आवश्यक संरचना निर्माण गरिने छ । तीन महिनामै काम सम्पन्न गर्ने लक्ष्य छ ।

पुल निर्माणको माग गर्दै विभिन्न समयमा बगरफाँटबासी आन्दोलन गर्दै आएका थिए । यहाँ पक्की मोटरेवल पुल निर्माणका लागि समेत सम्भाव्यता अध्ययन गरिएको छ । करिब तीन सय परिवारको बसोबास रहेको बगरफाँटमा दैनिक उपभोग्य वस्तु भरियालाई बोकाएर लैजाने गरिएको छ । यसरी लैजाँदा सामानको मूल्य महँगो पर्छ ।

बगरफाँटका बासिन्दाले म्याग्दी आवतजावत गर्दैआएको कालीपुल जोड्ने झोलुङ्गे पुलको लठ्ठा पनि खिया लागेको अवस्थामा छ । पुल बन्ने खबरले जलजलावासी उत्साहित छन् । बेलिब्रिज निर्माणपछि बगरफाँट हुँदै जलजला–१ बाँसखर्क, वडा नं ५ लेखफाँट, वडा नं ६ शालिजा र वडा नं २ को माझफाँटमा सिधा यातायात सेवा सञ्चालन हुने भएको छ ।


Read Previous

पानीको अभावले हाँसीपुरलाई दुई ठाउँमा सर्नुपर्ने बाध्यता

Read Next

विदेशी लगानीका कम्पनी १० दिनभित्र दर्ता गर्न छुट्टै डेस्क

Leave a Reply

Your email address will not be published.