Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

पानीको अभावले हाँसीपुरलाई दुई ठाउँमा सर्नुपर्ने बाध्यता


घोराही । दाङको घोराहीदेखि करिब २७ किलोमिटर पूर्व–दक्षिणमा पर्ने हाँसीपुर बङ्गलाचुली गाउँपालिका–८ विकट र पहाडी बस्ती हो । यहाँका अधिकांश बासिन्दा पानीको अभावका दुई ठाउँमा बस्दै आएका छन् । पानी नहुँदा यहाँ पशुपालन तथा अन्नपात उत्पादनसमेत हुँदैन । खानेपानी, अन्नपातका साथै पशुपालनका लागि समस्या हुन थालेपछि अधिकांश स्थानीयवासी पहिलेदेखि नै दुई ठाउँमा बस्दै आएका हुन् ।

हाँसीपुरलाई मूल थलो बनाए पनि पशुपालन, खेती र घाँस दाउराका लागि सोही वडाको सालबास, गुराँसे र भुल्केमा यहाँका मानिसको बसोबास रहेको स्थानीयवासी सर्मिला गाहामगरले बताइन्। उनका अनुसार सालबास, गुराँसे र भुल्केमा बसेर मौसमअनुसार खोलाका किनारामा खेतीपातीसँगै गाईभैँसी, बाख्रा गरिदै आइएको छ ।

यहाँ रहेका करिब ७० घरमध्ये ८५ प्रतिशत मगर समुदायको बसोबास छ । भौगोलिक विकटताका कारण केहीवर्ष अघिसम्म सडक, शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानीलगायत विकासका पूर्वाधारबाट वञ्चित थियौँ । अहिले सडक, विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत सुविधा उपलब्ध भए पनि नियमित सेवा नहुँदा सास्ती भोग्नु परेको स्थानीयवासीले बताए ।

विकासको पहिलो आवश्यकताका रूपमा रहेको सडक सञ्जाल विस्तारले केही सहज भए पनि नियमित सेवा नहुँदा समस्या हुने गरेको सोही ठाउँ निवासी कमल विश्वकर्माले बताए । ‘भौगोलिक विकटताका कारण बाटो सहज छैन, एक झरी पानी पर्ने वित्तिकै बाटो बिग्रिने हुँदा गाडी चल्दैनन्’, उनले भने, ‘पानी प¥यो भने सिमलतारासम्म मात्रै बस आउँछ, यता आउँदैन ।’

गाउँमा हाँसीपुर स्वास्थ चौकी भए पनि जनशक्ति र औषधि अभावका कारण यहाँका बासिन्दा घोराही पुग्ने गरेको स्थानीयवासी गोपाल गाहामगरले बताए । ‘सामान्य बिरामी हुँदा जाँचसँगै औषधिका लागि स्वास्थ्यचौकी जाने हो । कहिले औषधि त कहिले कर्मचारी नै हँुदैनन्, त्यसैले घोराही जानुपर्ने बाध्यता छ’, उनले भने ।

गाउँमा अहिले खानेपानीको समस्याका साथै सञ्चार सुविधा नहुँदा कृषिका लागि सिँचाइको सुविधा छैन । ‘खानेपानीको धारा बनेको छ, अब गर्मी याम सुरु भएसँगै धारामा पानी आउँदैन । खोलाबाट पानी ल्याएर पिउनु पर्छ’, गोपालले भने। उनका अनुसार यहाँ दश भन्दामाथि पढ्ने विद्यालय छैनन् । जनप्रतिनिधिलाई जानकारी गराउँदा सुनुवाइ नभएको स्थानीयकाे गुनासो छ।


Read Previous

ठेक्का अलपत्र पार्ने २ दर्जन कम्पनी कालोसूचीमा

Read Next

पर्वत र म्याग्दी जोड्न कालीगण्डकीमा बेलिब्रिज

Leave a Reply

Your email address will not be published. Required fields are marked *