Nepal Purbadhar

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रर्दशनी ११ फागुनदेखि भृकुटीमण्डपमा


काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले फागुन ११ गतेदेखि १४ गतेसम्म नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल हाउजींग एण्ड इन्भेस्टमेन्ट एक्स्पो, नेपाल हेवी इक्युपमेन्ट एण्ड कन्सट्रक्सन एक्स्पो काठमाडौंको भृकृटीमण्डपमा आयोजना गर्ने भएको छ।

प्रदर्शनीमा संसारका विभिन्न देशका ३०० भन्दा बढी ख्यातीप्राप्त ब्राण्डका २०० भन्दा बढी स्टल रहने आयोजकले जनाएका छन्।

निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनका लागि यो प्रदर्शनी ७ वर्षदेखि हुँदै आएको छ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनी, अपार्टमेन्ट कम्पनी, प्रि–फ्याब संरचना, युपीभीसी झ्याल ढोका उत्पादन गर्ने मेसिनरी, युपीभीसी प्रोफाइल, आर्किटेक्चरल हार्डवेयर, बाथरूम फिटिङ्स, पाइप, टाइल र सेनेटरी वेयर, पावर औजार, कंक्रीट ब्लक मेसिनरी उत्पादक, मटेरियल ह्यान्डलिंग उपकरण, एल्युमिनियम कम्पोजिट प्यानल आदिको सहभागिता रहने बताइएको छ।

प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ तथा नेपाल क्रसर तथा खानी उद्योग महासंघ रहेका छन्।

प्रदर्शनीले नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुनर्निर्माण तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ।

प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आमनागरिक बाहेक निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियर, कन्ट्रयाक्टर्स, विल्डर्स तथा इन्टिरियर डिजाइनरको सहभागिता रहने छ।

प्रदर्शनीले नेपालमा भइरहेका निर्माण सम्बन्धी कार्यमा समेत सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।

Facebook Comments

Read Previous

भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ : प्रधानमन्त्री

Read Next

हदबन्दीको कारण जलविद्युत् आयोजनालाई जग्गा खरिदमा समस्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar