Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

नेपाल टेलिकमको ‘फाइभजी सेवा’ परीक्षण चरणमा


काठमाडौं । नेपाल टेलिकमले फाइभजी सेवातर्फ उपकरणको जडान गरी परीक्षण जारी रहेको जनाएको छ।

टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलले फाइभजी सेवा परीक्षण चरणमा रहेको बताए। उनले फाइभजी प्रभावकारीरूपमा सञ्चालन गर्नेगरी पूर्वतयारीमा रहेको उल्लेख गरे।

जीएसएम प्रविधिअन्तर्गत हाल सञ्चालनमा रहेको मोबाइल सेवा र नयाँ आउने फाइभजी सेवा प्राविधिकरूपमा नै फरकरूपमा सञ्चालन हुने उनको भनाइ छ। कम्पनीले एउटै फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुने एफटिटिएच सेवा देशव्यापी बिस्तार गरिरहेको छ। यसअघि मुलुकका ६८ जिल्लामा विस्तार गरिएको एफटिटिएच सेवा अन्य जिल्लामा पनि पुर्याउने योजना अघि बढाइएको नेपाल टेलिकमको भनाइ छ।

सात सय ३९ स्थानीय तहमा फोरजी

वायरलेस ब्रोडब्याण्ड अर्थात् फोरजी एलटिइ सेवाको देशव्यापी विस्तार गरिएको टेलिकमले जनाएको छ। हालसम्म ७७ जिल्लाका सात सय ३९ स्थानीय तहमा यसको पहुँच पुगेको छ भने आयोजनाको ९८ प्रतिशत कार्य पूरा भइसकेको कम्पनीले उल्लेख गरेको छ।

फोरजी नेटवर्क विस्तारसँगै फोरजी डाटाको खपतमा उल्लेखनीय वृद्धि भएको र नयाँ प्रविधिका रुपमा ई–सिमकार्डको देशव्यापी वितरण गरिरहेको प्रबन्ध निर्देशक पोडेलले बताए। डाटा सेवाको माग पूरा गर्न वायरलेस होम ब्रोडब्याण्ड सेवा उपलब्ध गराइएको छ। देशका अधिकांश स्थानमा फोरजी एलटिइ सेवा विस्तारसँगै भोल्टेजको प्रयोग उल्लेख्यरुपमा वृद्धि भएको छ।

२६ अर्ब ४१ करोड राजस्व

मुलुकका सार्वजनिक संस्थानमध्ये हालसम्म सबैभन्दा नाफा कमाउने र राज्यलाई बढी राजस्व तिर्ने नेपाल टेलिकमले अघिल्लो वर्ष सरकारलाई २६ अर्ब ४१ करोड रुपैयाँ राजस्व तिरेको छ। टेलिकमका प्रबन्ध निर्देशक पौडेलका अनुसार आव २०७७÷७८ मा विभिन्न कर तथा गैरकर गरी कम्पनीले उक्त रकम राजस्व बुझाएको हो।

आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको कूल आय ४४ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ भने कम्पनीको खुद मुनाफा आठ अर्ब ४७ करोड रुपैयाँ भएको छ। चालू आवको पुस मसान्तसम्म कम्पनीले २१ अर्ब ८० करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ।

टेलिकमको भ्वाइस सेवातर्फ २०७९ मङ्सिर अन्त्यसम्ममा ग्राहक आधार दुई करोड १३ लाख २५ हजारभन्दा बढी छ। जसमध्ये जीएसएम मोबाइल सेवाका ग्राहक दुई करोड एक लाख ८६ हजारभन्दा बढी, सिडिएमए सेवाका चार लाख ३६ हजार र पिएसटिएन सेवाका ग्राहक चार लाख ५५ हजारभन्दा बढी छन्।

त्यसैगरी एफटिएच भ्वाइस सेवाका ग्राहक दुई लाख ४७ हजार तथा एफटिएच डाटा सेवाका ग्राहक दुई लाख ११ हजार छन्। चालू आवको असोज महिनासम्म भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा ५२ दशमलव २४ प्रतिशत छ।

इन्टरनेट डाटा सेवातर्फ २०७९ मङ्सिरसम्म कम्पनीको डाटा (इमेल, इन्टरनेट आदि) सेवा प्रयोगकर्ता कूल दुई करोड छ लाख १८ हजार छ सयभन्दा बढी पुगेका छन्। सोमध्ये जिएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता दुई करोड एक लाख ६ हजार एडिएसएल सेवाका प्रयोगकर्ता ७८ हजार र एफटिएच डाटा सेवाका प्रयोगकर्ता दुई लाख ११ हजार छन्।

मध्यपहाडी लोकमार्गलाई आधार मानी प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका जिल्ला, नगरपालिका र गाउँपालिकालाई समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने कार्य तीव्र गतिमा अघि बढाइएको छ। सो क्षेत्रमा हालसम्म एक हजार तीन सय २६ किमी फाइबर बिछ्याउने कार्यसम्पन्न भएको छ।


Read Previous

१४ उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान

Read Next

‘विद्युत उत्पादन र व्यापारमा प्रदेश-१ ले अब अगुवाई गर्नुपर्छ’

Leave a Reply

Your email address will not be published.