Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

कालंगागाडको विद्युत प्रणालीमा जोडियो, एक सातामा माथिल्लो कालंगागाड पनि जोड्ने तयारी


काठमाडौं । सुदूरपश्चिम प्रदेशको कालंगा बेसिनमा निर्माण सम्पन्न १५.३३ मेगावाटको कालंगागाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । प्रवर्द्धक कालंगा हाइड्रो लिमिटेडले निर्माण गरेको आयोजना गत शुक्रबारबाट १३२ केभी बलाँच सबस्टेसनमा जोडिएको हो ।

आयोजनाको विद्युतगृहदेखि बलाँच सबस्टेसनसम्म ३७.८५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनको सफल परीक्षणपछि आयोजनाको विद्युत प्रणालीमा प्रवाह गर्न सुरु गरेको कम्पनीका सञ्चालक पुष्प चित्रकारले बताए । उनका अनुसार आयोजनाको जडित क्षमता १५.३३ मेगावाट भए पनि नदीमा पानीको बहाव कम रहेकाले अहिले ५ मेगावाट विद्युत मात्रै प्रणालीमा गइरहेको छ ।

‘नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले प्रसारण लाइन परीक्षण गरेपछि कालंगागाडबाट विद्युत उत्पादन सुरु भएको छ । अहिले हामीले आन्तरिकरूपमा आयोजना परीक्षण गरेर विद्युत उत्पादन सुरु गरेका छौं । प्राधिकरणको टोलीले केही दिनमै आएर हेर्नेछ ।’ उनले अहिले जडित क्षमताभन्दा कम विद्युत उत्पादन भइरहेकोमा चैत लागेपछि हिउँ पग्लिएर बढ्दै जाने पनि बताए ।

प्राधिकरणको बलाँच सबस्टेसनसम्म पुर्याउने प्रसारण लाइनको संरचना तयार भइसकेकाले अब ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड आयोजनाबाट विद्युत उत्पादन सुरु गर्ने तयार थालिएको चित्रकारले जानकारी दिए ।

‘माथिल्लो कालंगागाड पनि अब विद्युत उत्पादनका लागि तयारी अवस्थामा छ । हामीले आयोजनाको संरचनामा पानी भर्न सुरु गरिसकेका छौं । अबको २ दिनमा परीक्षण थाल्छौं’ उनले भने । उनका अनुसार यो आयोजनाबाट विद्युत उत्पादन सुरु हुन करिब एक साताको समय लाग्नेछ ।

३८.४६ मेगावाटको आयोजना भएपनि सुख्खा याम भएकाले प्रसारण प्रणालीमा आउँदा १३ मेगावाट विद्युत उत्पादन हुने उनले बताए । अर्को १०.७ मेगावाटको सानिगाड जलविद्युत आयोजना भने बैशाखसम्मको समय लाग्ने देखिएको छ ।

माथिल्लाे कालंगागाड जलविद्युत आयोजना  (३८.४६ मेगावाट)

कालंका बेसिनमा एउटै समूहले छुट्टा छुट्टै कम्पनी खडा गरी एकसाथ ३ जलविद्युत आयोजना निर्माण गरेको हो । यी आयोजनामा ११ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । यी आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा सूदुर पश्चिम प्रदेशको विद्युतीकरणमा सहयोग पुग्नुका साथै, त्यस क्षेत्रको आर्थिक समृद्धिमा पनि योगदान पुग्नेछ ।

सबै आयोजनामा सिभिल तथा हाइड्रोमेकानिकलतर्फको काम नेपालकै सुनाम इन्फ्रास्ट्रक्चर निर्माण प्रालिले गरिरहेको छ । यो निर्माण कम्पनीले ५७ मेगावाटको नुप्चे लिखु जलविद्युत आयोजनाको सिभिल संरचनाको काम पनि गरिरहेको छ ।


Read Previous

रेमिट्यान्स व्यवस्थित गर्न नीतिगत सुधारका लागि सरकार तयार छ: अर्थमन्त्री पौडेल

Read Next

निफ्राको नाफा ७३ प्रतिशतले बढ्यो

Leave a Reply

Your email address will not be published.