Nepal Purbadhar

नवलपरासीमा अवैध रूपमा सञ्चालनमा रहेका थप ६ क्रसर उद्योग बन्द


नवलपरासी। पछिल्लोपटक नवलपरासी (बर्दघाट(सुस्ता पश्चिम)मा अवैध रूपमा सञ्चालनमा रहेका ६ वटा क्रसर उद्योग बन्द गराइएको छ। गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो।

नियमविपरीत सञ्चालनमा रहेका क्रसर गृहको परिपत्रको पालना गर्दै बन्द गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए। सुनवल–११ को इन्द्रेणी क्रसर उद्योग, सुस्ता–५ को ओम गिट्टी क्रसर उद्योग, बर्दघाट(१३ को ओम बालुवा प्रशोधन उद्योग, सरावल–२ को मामा भान्जा बालुवा गिट्टी प्रशोधन तथा निर्माण सामग्री प्रालि, सुनवल–४ मा नारायणगढ बुटवल सडक आयोजनाको क्रसर र प्रतापपुर–९ मा हुलाकी सडक आयोजनाद्वारा सञ्चालित क्रसरलाई बन्द गराइएको छ।

जिल्लामा यसअगावै सात क्रसर उद्योग रहेकोमा एउटा यसअघि नै बन्द थियो। सुनवलमा रहेको लुम्बिनी रोडा क्रसर उद्योग यस अघिदेखि नै बन्द छ। जिल्लामा ढुंगा, गिट्टी र बालुवा उत्खनन बिक्री, तथा व्यवस्थापन मापदण्ड २०७७ विपरीत कतिपय क्रसर उद्योग सञ्चालन हुँदै आएका छन्। यस्तै तोकिएको अवधि सकिएर पनि नवीकरण नगराएका कतिपय उद्योग पनि सञ्चालनमा छन्।

Facebook Comments

Read Previous

बुटवल पावर कम्पनीको ३०औँ साधारणसभा सम्पन्न,लाभांश प्रस्ताव पारित

Read Next

बोलकबोलमार्फत ५ अर्ब २० करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar