Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

मोतिहारी-अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोल आयात गर्न पूर्व तयारीको काम सुरु


काठमाडौं ।अहिले सञ्चालनमा रहेको मोतिहारी-अमलेखगञ्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट पेट्रोल आयात गर्न पूर्व तयारीको काम सुरु भएको छ । भारतीय आयल कर्पोरेशन (आइओसी) ले ठेकेदार छनोट गरी परिचालन गरेसँगै नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा पेट्रोल भण्डारगृह निर्माणका लागि पूर्व तयारी सुरु भएको हो ।

आइओसीले ठेकेदार छनोट गरेर १८ हजार किलोलिटर बढीको पेट्रोलियम भण्डार ‘भर्टिकल ट्यांक’ निर्माण हुने स्थलमा परिचालन गरेको निगमको मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रदिप यादवले बताए । ‘अहिले प्रारम्भिर चरणको काम सुरु भएको छ । नेपाल र भारत सरकारले संयुक्तरूपमा ट्यांक निर्माण कार्यका लागि ग्राउण्ड ब्रेकिङ गरेर शुभारम्भ गरेपछि निर्माण कार्य सुरु हुनेछ,’ उनले भने, ‘त्यसका लागि अहिले उच्च तहमा कुराकानी भइरहेको छ ।’ उनले ट्यांक निर्माणको काम औपचारिकरूपमा सुरु गर्न अझै एक महिना लाग्न सक्ने बताए ।

निगम र आइओसीबीच भएको सम्झौता अनुसार संयुक्त लगानीमा पेट्रोलियम भण्डारण ट्यांक निर्माण हुँदैछन् । निगमले अमलेखगञ्जमा ५ हजार किलोलिटर क्षमताका २ वटा गरी १० हजार किलोटिर क्षमताको पेट्रोलियम भण्डारण ट्यांक निर्माण गर्ने यादवले जानकारी दिए ।

उनका अनुसार एउटा ट्यांकमा पेट्रोल र एउटामा डिजेल भण्डारण गरिनेछ । आइओसीले पनि ४१ सय किलोलिटर क्षमताका २ वटा पेट्रोलियम भण्डारण ट्यांक निर्माण गर्नेछ । आइओसीले निर्माण गर्ने ट्यांकमा पेट्रोल मात्रै भण्डारण गरिनेछ ।

पेट्रोलियम भण्डार गर्ने ट्यांक निर्माण गरी पाइपलाइनबाट पेट्रोल आयात गर्न एक वर्ष लाग्ने यादवले जानकारी दिए । २०८० सालको पुसदेखि पाइपलाइनबाट पेट्रोल आयात गर्ने निगमको लक्ष्य छ । अमलेखगञ्जमा भण्डारणगृहको निर्माण पूरा भएपछि पाइपलाइनबाट पेट्रोल आयात गर्न सुरु गरिने यादवले बताए । अहिले यो पाइपलाइनबाट डिजेल मात्रै आयात भइरहेको छ ।

निगमले १० हजार किलोलिटरको भण्डारण ट्यांक निर्माण गर्न ७८ करोड रुपैयाँ (भ्याट बाहेक) लगानी गर्ने उनले बताए । भारतले साढे २ अर्ब रुपैयाँ (भ्याट बाहेक) खर्च गर्नेछ । भण्डारण क्षमता नभएकै कारण अहिलेसम्म यो पाइपलाइनबाट डिजेल मात्रै आयात भइरहेको थियो । हाइटेक प्रविधिको प्रयोग गरी पाइपलाइनबाट पेट्रोल आयात गर्ने निगमको तयारी छ ।

अमलेखगञ्जमा भण्डारगृह बनेपछि अहिले भारतको बरौनीबाट ट्यांकरमा भरेर आयात भइरहेको पेट्रोल पाइपलाइनबाट आउनेछ । पेट्रोल समेत पाइपलाइनबाट आयात गर्न सुरु भएपछि निगमको ढुवानी खर्चमा भारी कटौती हुने पनि यादवले बताए ।

पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुँदा अहिले वार्षिकरूपमा २ अर्ब रुपैयाँ बढी ढुवानी खर्च कटौती गर्न सम्भव भएकोमा पेट्रोलको आयात सुरु भएपछि यो खर्च अझै कम हुने निगमले जनाएको छ ।

निगम र आइओसीले संयुक्त लगानी गरेर निर्माण गरेको पाइपलाइन २०७६ भदौ २४ गतेबाट सञ्चालनमा छ । ६९.२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइनमध्ये नेपालतर्फ ३३ किलोमिटर र भारततर्फ ३६.२ किलोमिटर पर्दछ ।

अहिले भैरहवा पूर्वको पेट्रोलियम मागको व्यवस्थापन यही अन्तरदेशीय पाइपलाइनबाट आयातित डिजेलबाट हुने गरेको निगमले जनाएको छ । भैरहवा पश्चिमका क्षेत्रमा भने भारतका विभिन्न डिपोबाट ट्यांकरमार्फत ढुवानी गरिएको डिजेलबाट आपूर्ति व्यवस्थापन हुँदै आएको छ ।


Read Previous

अर्थ सचिव रायाले लिए राष्ट्र बैंक सञ्चालककाे रूपमा शपथ

Read Next

चिसो बढेसँगै हिमाली क्षेत्रमा पर्यटक घटे

Leave a Reply

Your email address will not be published.