Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

डिजिटल प्रविधिले सेवा प्रवाहमा सहज


भोजपुर । भोजपुरका मालपोत तथा नापी कार्यालयमा सुरु भएको डिजिटल प्रविधिले सेवा प्रवाहमा सहज बनाएको छ। सरकारले लागू गरेको भूमिसम्वन्धी डिजिटल प्रविधि सेवा प्रभावकारी बनेसँगै यहाँबाट प्रवाह हुने सेवामा चुस्तता आएको हो।

यो प्रविधिबाट काम छिटो छरितो र पारदर्शी हुँदा नागरिकमा सेवाप्रति विस्वास बढेको छ। यहाँको भूमि सम्बन्धी सम्पूर्ण विवरण अनलाइनमा रहने भएकाले आवश्यक परेको बेलामा सहजरूपमा विवरण पाउन सकिने स्थानीयवासीको भनाइ थियो। प्रविधिको प्रयोगले नागरिकले पनि सहजरूपमा सेवा पाउन थालेका छन्।

जग्गा सम्वन्धी विवरणको जानकारी लिन विगतका पुराना फाइल खोज्दा समय लाग्ने भएपनि अहिलेको प्रविधिले सहजरूपमा पाउने सकिने अवस्था बनेको सेवा लिन मालपोत कार्यालय आएका स्थानीयबासी बमबहादुर राईले बताए।

‘सरकारले लागु गरेको डिजिटल प्रविधिबाट काम गर्न सहज छ’ उनले भने, ‘विगतमा जग्गा सम्बन्धी कारोबार गर्न निकै झन्झट थियो । यो प्रविधिको प्रयोगले जग्गामा हुने विभिन्नखाले विकृति रोक्न टेवा पुग्ने रहेछ।’

डिजिटल प्रविधिले जग्गाको विवरण, नक्सा प्रिन्ट, नक्साङ्कनलगायत सबै काम गुणस्तरीय हुनाका साथै नागरिकलाई चाँडो सेवा प्रदान गर्न सकिने नापी कार्यालयले जनाएको छ।

यो प्रविधिको प्रयोगले क्षेत्रफलमा एकरुपता हुने र प्रतिकुुल समयमा पनि छिटृै नक्सा तयार गरी प्रिन्ट गर्न सकिने जिल्ला नापी कार्यालयका प्रमुख देवकुमार बस्नेतले बताए।

‘भूमि सम्वन्धी कामलाई डिजिटल बनाइएसँगै काम गर्न सहज भएको छ,’ उनले भने, ‘यसले गर्दा कर्मचारीको कार्यबोझ कम गराउनाका साथै सेवाग्राही नागरिकलाई सहजरूपमा सेवा दिन सकिने र पुरानो विवरण खोज्न पनि सहज भएको छ।’

यो प्रविधिबाट कुनै पनि व्यक्तिको नाममा नेपालभर रहेको जग्गालाई सहजरूपमा पत्ता लगाउन सकिने जनाइएको छ। जग्गाधनीको विवरण अनलाइनमा राखिने भएकाले जहाँबाट पनि उनीहरुको वितरण हेर्न सकिने मालपोत कार्यालयले जनाएको छ।

रजिष्ट्रेशन दस्तुर, पूँजिगत लाभकर र सेवा शुल्कजस्ता राजस्व रकमको गणना स्वचालित प्रणालीबाट हुनेहुँदा कार्यालय भित्र हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न यसले थप टेवा पुगेको कार्यालयका प्रमुख रविन मगरले बताउनुभयो । यो प्रविधिको प्रयोगले काम पारदर्शी हुनाका साथै राजस्व सङ्कलमासमेत सहज हुने उहाँको भनाइ थियो ।

‘प्रविधिको विस्तारले सेवा प्रवाहमा धेरै सहज छ,’ प्रमुख मगरले भने, ‘काममा चुस्तता आएको छ। यसले राजस्व सङ्कलनमासमेत सहज भएको छ भने यहाँ हुने बेथिति नियन्त्रणमासमेत महत्वपूर्ण भूमिका खेलेको छ।’

विद्युत् प्रवाह नियमित नहुँदा भने काममा केही बाधा पुग्ने गरेको छ। त्यस्तै इन्टरनेट तथा सर्भरमा आउने समस्याले सेवा लिन कठिनाइ हुने गरेको सेवाग्राहीले बताउने गरेका छन्। सेवा प्रवाहलाई थप चुस्त बनाउन कार्यालयमा जोडिएको इन्टरनेटलाई प्रभावकारी बनाउन आवश्यक रहेको सेवाग्राही अग्निप्रसाद घिमिरेले बताए।

‘‘डिजिटल प्रविधिले काम गर्न धेरै सजिलो छ,’ उनले भने, ‘तर विद्यु्त् तथा इन्टरनेटमा आउने समस्याले भने सेवा प्रवाहमा बाधा हुने गरेको पाएको छु। प्रविधिमा समस्या हुँदा सेवाग्राहीले दुःख पाउनु पर्ने अवस्था छ। यस्ता खालका समस्या समाधानमा भने ध्यान दिन आवश्यक छ। यो राम्रो पक्ष हो ।’ राज्यले अघि सारेको यो प्रविधिका कारण मानिसहरु जग्गा कारोबारमा हुने ठगीबाट जोगिने सेवाग्राही घिमिरेले बताए ।


Read Previous

एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी

Read Next

कालीकोटमा विद्युत् सेवा अवरुद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *