Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

उपत्यकाका थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्न अध्ययन गर्दै विभाग


काठमाडौँ । सवारीसाधन व्यवस्थापनका लागि सडक विभागले उपत्यकाका थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ। यसका लागि विभागले ती स्थानमा ट्राफिक बत्ती आवश्यक हो वा होइन भन्ने अध्ययन गरिरहेको जनाएको छ। विभागले ट्राफिक चापका आधारमा बत्ती जडानको निर्णय गर्नेछ।

विभागका अनुसार हालसम्म उपत्यकामा ५६ स्थानमा ट्राफिक बत्ती जडान भएका छन्। जसमा ४९ स्थानमा सडक विभाग र बाँकी सात स्थानमा स्थानी तह तथा विभिन्न सङ्घ संस्थाले बत्ती जडान गरेका हुन्। उपत्यकाका सडक विभागसँगै स्थानीय तह र वडा कार्यालयले पनि आवश्यकताका अनुसार ट्राफिक बत्ती जडान गरिरहेको सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख बेलबहादुर भुजेलले बताए।

उनले चालु आर्थिक वर्षमा कलङ्की, बल्खु, सानेपा, धोबीघाट, महालक्ष्मीस्थान, चापागाउँदोबाटो र सातदोबाटोमा बत्ती जडान गरिएको जानकारी दिए। विभागले बत्ती जडान गरे पनि सञ्चालन भने ट्राफिक कार्यालयले गर्दै आएको छ।

‘ललितपुर महानगरलगायतका स्थानीय तहले आफैँ पनि ट्राफिक बत्ती जडान गरिरहेका छन्,’ उनले भने, ‘कतिपय स्थानमा बत्ती जडान गर्दा समन्वय हुनुपर्ने भए पनि नभएको पाइएको छ ।’ उनले फरक–फरक निकायबाट जडान भएका बत्तीको प्रविधिमा एकरुपता नभएकाले एकरुपता ल्याउने गरी काम अघि बढाइएको बताए।

‘यसका लागि वान डोर सिस्टम लागू गराउन प्रक्रिया अघि बढाइएको छ,’ उनले भने, ‘अगामी दिनमा ‘एडप्टिभ ट्राफिक कन्ट्रोल’ प्रविधि जडान गरिनेछ ।’ उनले सुरुमा बढी चाप हुने स्थानमा बत्ती जडान गरेपछि अन्य स्थानमा जडान गरिने बताए। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा निर्माण भएको भक्तपुरको कोटेश्वर(सूर्यविनायक सडकमाा जाइकाले नै बत्ती जडान गरेका थियो । हाल उक्त सडक खण्डमा रहेका पाँच वटा बत्तीले काम गरिरहेको विभागको भनाइ छ ।


Read Previous

इन्धनको मूल्यसँगै हवाई भाडा घट्यो

Read Next

पर्यटन क्षेत्रको विकासमा सक्रिय रहन्छु : मणिभद्र शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *