Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

पाँचखालका विद्यालयलाई प्रविधिमैत्री सामग्री हस्तान्त्रण


बनेपा । नगरभित्रका विद्यालयलाई प्रविधिमैत्री विद्यालय बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको समन्वयमा उज्यालो नेपालको सहयोगमा प्रविधिमैत्री सामग्री हस्तान्तरण गरिएको छ ।

सो संस्थाको सहयोगमा १६ विद्यालयलाई ल्यापटप, टिभी, प्रोजेक्टर, प्रिन्टर तथा कक्षाकोठा व्यवस्थापनका सामग्री हस्तान्तरण गरिएको हो । पाँचखालका नगर प्रमुख महेश खरेलले नगरभित्रका सबै विद्यालय प्रविधिमैत्री बनाउनुका साथै गुणस्तरीय शिक्षामा जोड दिएको बताए । उनले त्यसका लागि आवश्यक पूर्वाधार र सामग्रीको व्यवस्थापन गर्दै आएको बताए ।

‘नयाँ प्रविधिले शैक्षिक गुणस्तर बढाउन सहयोग पुग्ने भएकाले नगरले प्रविधिमैत्री शिक्षामा जोड दिँदै आवश्यक सामग्रीको व्यवस्थापनमा पहिलो प्राथमिकता दिएका छौँ,’ उनले भने । विद्यालयलाई सामग्री हस्तान्तरणसँगै कक्षाकोठा व्यवस्थापनमा विशेष ध्यान दिन प्रधानाध्यापकलाई उनले आग्रह गरेका छन् ।

कार्यक्रममा उज्यालो नेपालका अध्यक्ष प्रभाकर महर्जनले प्राप्त सामग्रीको सदुपयोग गर्न विद्यालय प्रशासनलाई अनुरोध गरेका छन् । नगरका प्रवक्ता एवं उज्यालो नेपालका उपाध्यक्ष सञ्जय तामाङले विद्यालयलाई आवश्यकताका आधारमा टिभी, प्रिन्टर, ल्यापटप, प्रोजेक्टर तथा कक्षाकोठा व्यवस्थापनमा सहयोग गरेको बताए । उनका अनुसार आठ लाख ६० हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको छ ।

पाँचखाल–३ का वडाध्यक्ष सुन्दर अधिकारी, नगरपालिका शिक्षा शाखाका अनुसार प्रमुख उदय कोइराला, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा नगर प्रमुख खरेलले सामग्री हस्तान्तरण गरेका हुन्।


Read Previous

प्रभु र सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २६ देखि

Read Next

सडक सञ्जालमा जोडिए कालीकोट र दैलेख

Leave a Reply

Your email address will not be published.