Nepal Purbadhar

दमौलीमा सांस्कृतिक एवम् पर्यटन महोत्सव


तनहुँ । नेपाल आदिवासी जनजाती महासङ्घ जिल्ला समन्वय परिषद्को आयोजनामा दमौलीमा पाँचौँ आदिवासी जनजाती तनहुँ सांस्कृतिक एवम् पर्यटन महोत्सव हुँदैछ ।

‘अमूल्य भाषा संस्कृतिको संरक्षण गरौँ, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौँ’ भन्ने नाराका साथ यही पुस २२ देखि आगामी माघ ३ गतेसम्म महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवस्थलमा दुई सय ३० कक्ष निर्माण गरिएका महोत्सवका प्रवक्ता नन्दु थापामगरले जानकारी दिए । तीन लाख दर्शकले महोत्सवको अवलोकन गर्नुका साथै एक करोड रुपैयाँको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ ।

महोत्सव विपी वनवाटिकाको खेल मैदानमा हुँदैछ । दर्शकलाई मनोरञ्जन दिनका लागि राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकार ल्याइने परिषद्का अध्यक्ष सुजित हिराचनले जानकारी दिए।

कृषि प्रदर्शनीमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइनेछ । प्रदर्शनी कक्षमा घरेलु तथा हस्तकला, होटेल तथा रेस्टुरेन्ट, डेरी, आइटी इलेक्टिकल्स, बैङ्क तथा वित्तीय संस्था, आइसक्रिम स्टल, अटोमोबाइल्स, स्थानीय उत्पादन प्रदर्शन तथा बिक्री स्थललगायत रहने परिषद्का निवर्तमान अध्यक्ष बसुन्धरा घर्तीले बताइन् ।

महोत्सवमा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । विद्यार्थीका लागि ५० र अन्यका लागि ७० रुपैयाँको टिकट शुल्क कायम गरिएको छ । स्थानीय भाषा, धर्म, कला र संस्कृतिको प्रवद्र्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा मादी र सेतीमा जलविहार, आदिवासी जनजातीको जन्मदेखि मृत्युसम्मको संस्कारको प्रदर्शनी, जीवनशैली प्रस्तुति, नमुना घर निर्माण, सांस्कृतिक कार्यक्रम, विद्यालयस्तरीय प्रतिभा प्रस्फुटनलगायत आकर्षण रहेका छन् ।

महोत्सवमा राष्ट्रिय कलाकारमा पशुपति शर्मा, खेम सेन्चुरी, राजु परियार, प्रीति आले, भूमिका गिरी, कला लम्साल, बद्री पङ्गेनी, सुप्रिम मल्ल, सम्झना लामिछाने मगर, आशा बिसी, सुमन परियार, सन्दिपसिं राना, अस्मिता डल्लाकोटीलगायत कलाकार आउने बताइएको छ ।

Facebook Comments

Read Previous

म्याग्दीका २० पर्यटकीयस्थलमा पूर्वाधार निर्माण योजना

Read Next

इन्धन अभाव र चर्को मूल्यवृद्धिले नवीकरणीय ऊर्जाका स्रोतको खोजीमा बितेको सन् २०२२

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar