Nepal Purbadhar

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

रोकिएको धरहरा पुनःनिर्माण अझै सुरु भएन


काठमाडौं । एक हप्तादेखि रोकिएको ऐतिहासिक धरहरा पुनः निर्माणको काम अझै सुरु हुन सकेको छैन । धरहरा पुनःनिर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगर र स्थानीयले गत मङ्सिर २६ गतेदेखि धरहरा पुनःनिर्माणको काम रोकेका छन् ।

कामपा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जनले रोकिएको काम कसरी अघि बढाउने भनेर स्थानीयसँग छलफल भइरहेको तर निष्कर्षमा नपुगेकाले काम सुरु हुन नसकेको बताउँछन ।

दैनिकरुपमा अवलोकन गर्नेगरी समिति बनाउनेबारे छलफल भइरहेको र समितिलाई एक–दुई दिनमा पूर्णता दिएर निमार्णको काम अघि बढ्ने अध्यक्ष महर्जनले  बताए ।

मौलिक कला, संस्कृतिको नमुनाका रुपमा रहेको ऐतिहासिक सुन्धाराको संरचना पुनःनिर्माणका नाममा भत्काउन नहुने उनले बताए । उनले ऐतिहासिक सुन्धाराको संरचना जोगाउनकै लागि पहलकदमी अघि बढाएको बताए ।

ऐतिहासिक महत्व बोकेको सुन्धारामा पानी पठाउने (काठको लामो पाइप) नष्ट गरी उक्त स्थानमा निर्माण कम्पनीले डोजर लगाएर १ लाख लिटर पानी अट्ने विशाल ट्याङ्की निर्माण गर्ने तयारी गरेपछि धरहरा पुनःनिर्माणको बाँकी काम रोकिएको हो ।

भूकम्पले ढलेको धरहरा पुनःनिर्माणको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत्रुपमा २०७५ पुस १२ गते उद्घाटन गर्नुभएको थियो ।

बयालिस रोपनी क्षेत्रफलमा निर्माण गरिएको धरहरा भित्र २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ ।

धरहरा टावरको पुनः निर्माण सम्पन्न भएको भन्दै विसं २०७८ वैशाख ११ गते नै उद्घाटन गरिएको थियो । उद्घाटन भएको डेढ वर्ष बितिसक्दासम्म अन्य निर्माणको काम सम्पन्न हुन सकेको छैन ।


Read Previous

सौर्य विद्युतको खरिद दर ७.३० रुपैयाँ नै कायम गर्न ऊर्जा उत्पादकहरूको माग

Read Next

चिनियाँ लगानीको जलविद्युत आयोजनासँग सरकारको पहिलो आयोजना विकास सम्झौता

Leave a Reply

Your email address will not be published.