Nepal Purbadhar

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन प्राधिकरणकाे आग्रह   


काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाउन आग्रह गरेको छ । प्राधिकरणले सूचना प्रकाशित गरी ३५ दिनभित्र अनधिकृत संरचना हटाउन आग्रह गरेको हाे ।

प्राधिकरणले उपत्यकाका नगरहरूको पुनःनिर्माण, विकास र विस्तारमार्फत व्यवस्थित गर्न अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन भनेकाे छ । सूचना प्रकाशित भएकाे मितिले ३५ दिनभित्र अनअधिकृत संरचना भत्काउन अटेर गरेमा प्राधिकरणले अटाउने सूचनामा भनिएकाे छ ।

‘ताेकिएकाे अविधभित्र संरचना नहटाएमा त्यसपछि हटाउँदा लाग्ने खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गरिनेछ‘ ’ सूचनामा भनिएकाे छ ।

उपत्यकामा योजनाबद्ध भौतिक विकासका लागि आधारभूत मापदण्ड तय गर्न काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ३ बमोजिम प्राधिकरण स्थापना गरिएकाे हाे ।


Read Previous

लघुजलविद्युतकाे उत्पादन बन्द भएपछि महाकुलुङ र सोताङका ११ सय परिवार विद्युत बिहिन

Read Next

१४ कराेडकाे लागतमा सुनथराली विमानस्थलकाे धावनमार्ग कालोपत्र गर्न सुरु

Leave a Reply

Your email address will not be published.